back
NMB ad

गैरकानुनी लगानी र कारोबार गर्दै आइएमई र जिएमई सहकारी, कमजोर नियमनको फाइदा उठाउदै हाथवे

Kumari bank ad

काठमाडौं । सहकारी क्षेत्रमा गैरकानुनी लगानी भित्रिएको पाइएको छ । कमजोर अनुगमन तथा नियमनको फाइदा उठाउदै विभिन्न कम्पनीहरुले सहकारीमा लगानी गरिरहेका छ । हाथवे इन्भेष्टमेन्ट नेपालले दुईवटा सहकारीमा लगानी गरेको छ। सो कम्पनीले आइएमई सहकारी र जिएमई सहकारीमा आफ्नो लगानी रहेको जनाएको छ ।

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार कुनैपनि निजी कम्पनीले सहकारी क्षेत्रमा लगानी गर्न पाउदैन । तर ऐन र नियमावलीलाई वेवास्ता गर्दै ति दुई कम्पनीमा हाथवेले लगानी गरेको हो ।

हाथवे इन्भेष्टमेन्ट नेपाल प्रा.लिमा ठूला लगानीकर्ताको नाम कमाएका अम्विका प्रसाद पौडेल, चन्द्र ढकालका भाई हेमराज ढकाल, नविल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली लगायतको लगानी रहेको छ ।

उनीहरुको पहुँच नेपालका नेता, मन्त्रीदेखि राष्ट्रपतिसम्म हुने भएको र सहकारी क्षेत्रमा कमजोर नियमन प्रणाली हुने भएकोले हाथवेले ती दुई सहकारीमा लगानी गरेको हो ।

हाल हाथवेका अध्यक्ष योगेश्वर शर्मा ढकाल हुन् । उनी एफएनसिसिआइका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका नातेदार हुन् । यसअघि अव्बिका शर्मा पौडेल सो कम्पनीका अध्यक्ष थिए ।

आइएमई सहकारी लिमिटेड र जिएमई सहकारी लिमिटेड बचत तथा ऋण सहकारी अन्तर्गत सहकारी विभागमा दर्ता भएको ति कम्पनीहरुको दावी छ । तर सो सहकारी कुन प्रकृतिको हो भन्ने कुरा समेत कसैलाई जानकारी छैन ।

ति दुई सहकारीले बैंकहरुले गर्ने सम्पुर्ण कारोबार गरिरहेका छन् भने लगानीकर्ताहरुको लागि राम्रो प्रतिफल पनि दिइरहेका छन् । उनीहरुले पहुँचका आधारमा अन्तरसहकारी कारोबारदेखि ऐन ठूला ठूला हाउजिङ कर्जा, अटो कर्जा समेत दिइरहेका छन् ।

एफ्एनसीसीआइका वरिष्ठ उपाध्यक्ष ढकालको समेत अप्रत्यक्ष लगानी रहेको सहकारी क्षेत्रका एक वरिष्ठ नेताले जानकारी दिए । उनले भने, ‘चन्द्र ढकालले आफ्ना मानिसहरु राखेर आइएमई सहकारी सन्चालन गरेको छ, उसले ऐन विपरित काम गरेको छ, यसबारे सहकारी विभाग पनि राम्रो जानकार छ तर सवै सेटिङमा चल्ने भएकोले कारबाही भएको छैन ।’

ति सहकारीहरु अन्य सहकारीहरु भन्दा फरक भएको भन्दै पहुँच विस्तारमा लागि रहेका छन् ।
आइएमई सहकारीका सिइओ सागर ढकालले हाथवे कम्पनीले लगानी नगरेको दावी गरे ।

तर, हाथवेले भने-‘आफ्नो वेवसाइडमा नै आइएमई को अपरेटिभमा लगानी रहेको दावी गरेको छ । ढकालले अर्थतन्त्रसँग भने, मलाई हाथवेको लगानीबारे जानकारी छैन, सम्बन्धका आधारमा दुई चार लाख रुपैयाँसम्म राखेको होला त्यहाँ भन्दा बढी केही छैन।‘

त्यस्तै उनले आफूहरुले स सानो रकम भने अन्तरसहकारी काराबार गरेको बताए । उनले भने, ‘सहकारीमा रेमिट्यान्सको कारोबारको हकमा भने स सानो रकम अन्तरसहकारी कारोबार गरिएको छ, त्यो त ठूलो कुरा भएन नी।‘

अन्तर सहकारी कारोबार पनि गैर कानुनी हो । सहकारी ऐन २०७४ को दफा १४० को उपदफा १ मा सहकारीहरुले अन्तरसहकारी कारोबार गर्न सक्नेछन् भनिएपनि उपदफा २ मा तोकिए बमोजिम हुनेछ भनेर उल्लेख गरेको छ। सो अनुसार अन्तरसहकारी कारोबार कार्यविधि आउनु अनिवार्य हो । कार्यविधि विना सहकारीहरुले कारोबार गरेमा गैर कानुनी हुन्छ।

आइएमई सहकारी देशकै सवैभन्दा ठूलो कारोबार गर्ने सहकारी हो । सो सहकारीको बार्षिक कारोबार झन्डै १२ अर्बको हाराहारीमा रहेको छ ।

त्यस्तै जिएमई सहकारीका प्रबन्धक गणेश भट्टराई भने आफूहरुले कुनैपनि गैरकानुनी कारोबार नगरेको दावी गर्छन । तर सो सहकारीको वेवसाइडमा भने खुलेआम कर्पोरेट डिपोजिट लिने र हाउजिङ कर्जा प्रबाह गर्ने भनेर उल्लेख गरिएको छ । जिएमई सहकारी भर्खरै स्थापना भएको सहकारी हो ।

उसले कर्पोरेट डिपोजिट लिनेदेखि हाउजिङ कर्जा दिनेसम्मको कारोबार गर्दै आइरहेको छ । तर अहिलेसम्म सो सहकारीले कार्यालय सन्चालन गर्ने कार्यविधि समेत सहकारी विभागबाट पास गराएको छैन तर कारोबार भने गरिरहेको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेँले भने, ‘सहकारीमा कुनैपनि निजी कम्पनीले लगानी गर्न नपाउने व्यवस्था रहेको छ , जो सुकैले निजी लगानी गरेको भएपनि कारबाहीको भागिदार हुनुपर्छ त्यसमा महासंघले सरकारलाई सहयोग गर्छ ।’ उनका अनुसार सहकारी ऐन नियम मान्नको लागि महासंघले आग्रह गरिरहेको र नमान्नेको हकमा बचाउने कुनै प्रयत्न गरिदैन ।

सहकारी विभागका रजिष्टार झलकराम अधिकारी भने अहिलेसम्म आफूहरुलाई गैरकानुनी कारोबार गरेको सुचना नआएको दावी गर्छन् । ‘अहिलेसम्म हामीलाई कुन सहकारीले गैरकानुनी कारोबार गरेको छ भन्ने सुचना आएको छैन,यदी आएको खण्डमा हामी नियमअनुसार काराबाही गर्छौ । ’

अधिकारी सो विभागमा नयाँ आएपनि पुराना कर्मचारीहरु सवैलाई कुन सहकारीले कस्तो कारोबार गरिरहेको छ भन्ने बारे स्पष्ट जानकारी रहेको ति नेताले बताए ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १३:४४ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...