back
NMB ad

भारतीय सीमामा चीनको सैन्य परीक्षण र अत्याधुनिक हतियार प्रदर्शन

Kumari bank ad

एजेन्सी । चीनले भारतसँगको सीमानजिकै अत्याधुनिक हतियार प्रदर्शन र सैन्य परीक्षण गरेको छ । चिनियाँ सेनाले उचाइमा प्रयोग हुने हतियारसहित आईतबार सैन्य परीक्षण गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनको टेलिभिजनले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा सिन्जियाङका लडाकुले काराकोरम पहाडमा पाँच हजार २०० मिटरको उचाईमा सैन्य परीक्षण गरेको हो ।

जनमुक्ति सेनाले राइफल, रिमोट कन्ट्रोल प्रणालीमा चल्ने गाडी, मोटार्स, ग्रिनेड, लन्चर, एन्टी ट्यांक मिसाइललगायतका हयितार परीक्षण गरेको हो । चीनले आफ्ना सेनालाई उचाइमा हतियारसहित लड्न सक्ने तालिम प्रदान गरेको विज्ञहरुले बताएका छन् । सैन्य परीक्षण गरेको क्षेत्र दुई वर्षअघि चीन र भारतका सेनाबीच झडप भएको दोक्लामनजिक पर्छ ।

भारतसँगको सीमामा आफ्नो सशक्त उपस्थिति जनाउन र आवश्यक परे भारतीय भूमि अतिक्रमण गर्न चीनले सैन्य परीक्षण गरेको मकाउस्थित सैन्य विश्लेषक एन्टोनी वोङ तोङले बताउँछन् ।
‘आगामी दिनमा अझै बढी भूभाग नियन्त्रणमा लिन जनमुक्ति सेनाले भारतसँगको सीमामा निकै उपयोगी तालिम सम्पन्न गरेको छ,’ उनी भन्छन् ।

जनमुक्ति सेनाको नयाँ हतियार प्रणालीले भारतीय सुरक्षा चौकी, सैन्य सामाग्री र अन्य निशानालाई ध्वस्त पार्ने बेइजिङस्थित युयान वाङ मिल्ट्र साइन्स एन्ड टेक्नोलोजी इन्स्टिच्युटका अनुसन्धानकर्ता झोउ चेनमिङ बताउछन् ।

नयाँ दिल्लीको पनि आफ्नै तयारी
सीमा क्षेत्रमा नयाँ भारतीय सेनाले पनि आफ्नो उपस्थिति सशक्त बनाएको छ । दुई देशलाई छुट्ट्याउने लाईन अफ कन्ट्रोलमा भारतीय पक्षबाट पछिल्लो समयमा सडक र पूर्वाधार निर्माण गरिएका छन् । भारतले केही महिनाअघि मात्र एमआईजी–२९युपीजी र एसयु–३० एमकेआई लडाकु जेट परिचालन गरेको थियो । भारतीय सेनाले उचाइमा उड्ने अत्याधुनिक ड्रोन किन्ने तयारी गरिरहेको छ ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १३:५६ मा प्रकाशित

You can share this post!

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३८

नवलपुर (नवलपरासी), २५ वैशाख : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३३

काठमाडौँ, २५ वैशाखः सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया...

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:१२

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...