back
NMB ad

२५ कम्पनीले विद्युत बिक्रीबाट गरे शतप्रतिशत आम्दानी, संचालनको ३ महिनामै तामाकोसीको चमत्कार

Kumari bank ad

बिक्रम सुनार,

काठमाडौं । २५ जलविद्युत कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी शतप्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा कम्पनीहरुले विद्युत बिक्रीबाट हुने आम्दानी १०१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६९ करोड ७४ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीहरुले गत आर्थिक बर्षको सोही अवधिमा भने १ अर्ब ८३ करोड ९४ लाख ४९ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेका थिए ।

हालसम्म तीन दर्जन बढी कम्पनीहरुले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेतापनि विभिन्न ९ कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी उल्लेख गरेका छैनन् ।

विद्युत विक्रि गरेको आम्दमनी नदेखाउने कम्पनीहअरुमा आँखुखोला जलविद्युत कम्पनी, पाँचथर पावर कम्पनी, राधी जलविद्यतु कम्पनी, यूनिभर्सल पावर कम्पनी, हिमालय उर्जा विकास कम्पनी, साञ्जेन, रसुवागडी, हिमालयन पावर र यूनाईटेड मोदी हाइड्रोपावर कम्पनी रहेका छन् ।

चालु आआर्थिक बर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी विद्युत बिक्री आम्दानी गर्ने जलविद्युत कम्पनीमा मैलुङ खोला जलविद्युत कम्पनीले रहेको छ । सो कम्पनीले गत आर्थिक बर्षको तीन महिनाको तुलनामा यो आर्थिक बर्षको तीन महिनामा विद्युत आम्दानी ६५४.२२ प्रतिशतले बढाएर ३ करोड ५५ लाख ९ हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक बर्षको असोज मसान्तमा सो कम्पनीले ४७ लाख ८ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।

त्यस्तै विद्युत विक्रिबाट शतप्रतिशत भन्दा बढी आम्दानी गर्ने कम्पनीमा घलेम्दी हाइड्रो पावर कम्पनी र रिदी हाइड्रोपावर कम्पनी रहेको छ । ति कम्पनीहरुले क्रमशः १६४ र १६१ प्रतिशतले आम्दानी गरेको छ । ति कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा क्रमशः १ करोड ८० लाख ३० हजार र ३ करोड ८३ लाख ९८ हजार रुपैयाँ आम्दानी पुर्याएको छ ।

त्यस्तै यो अवधिमा विद्युत विक्रिबाट सवैभन्दा बढी आम्दानी गुमाउने कम्पनीमा रुरु जलविद्युत परियोजना र माउन्टेन इनर्जी नेपाल रहेको छ ।

ति कम्पनीहरुले गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा विद्युत विक्रिबाट हुने आम्दानी क्रमशः ५४९.९५ र ७ प्रतिशतले थप आम्दानी घटेको छ । ति कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत विक्रिबाट ९९ लाख १८ हजार रुपैयाँ र माउन्टेन इनर्जी ६ करोड ९६ लाख ३० हजार रुपैयाँ थप घाटा व्यहोरेका छन् ।

गत आर्थिक बर्षको पहिलो तीन महिनमा ति कम्पनीहरुले विद्युत विक्रिबाट क्रमशः१ करोड ७ लाख १३ हजार र ९२ लाख २ हजार रुपैयाँले घाटा व्यहोरेका थिए ।

यस वर्षको पहिलो त्रैमासमा विभिन्न तीन कम्पनीहरुले विद्युत विक्रिबाट आम्दानी बढाएर नोक्सानी घटाएका छन् । नोक्सानी घटाउने कम्पनीहरुमा पञ्चकन्या माई हाइड्रोपावर, सिनर्जी पावर र चिलिमे हाइड्रोपावर कम्पनी रहेका छन् । ति कम्पनीहरुले क्रमशः २५, २४.१२ र ३.३७ प्रतिशतले नाफामा बृद्धि गरी नोक्सानी घटाएका छन्।

यता, संचालनमा आएको तीन महिनामै अपर तामाकोशीले भने १ अर्ब ७२ करोड ७७ लाख ५१ हजार रुपैयाँ विद्युत विक्रिबाट आम्दानी गरेको छ ।

अन्य कुनको कति ?

वि.सं.२०७८ मंसिर ९ बिहीवार ११:४६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...