back
NMB ad

के तपाईको सेयर डिम्याट भयो ? अब पूर्ण डिम्याट सेयर मात्र हुनेछ कारोबार !

Kumari bank ad

काठमाण्डौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई सेयर डिम्याट गर्न आह्वान गरेको छ । कम्पनीले सेयर बजारमा पूर्ण डिम्याट भएको सेयर मात्र कारोबार हुने भएकाले दोस्रो बजारमा कारोबारमा लैजान सेयर डिम्याट गराउन सेयरधनीलाई आह्वान गरेको हो ।

जलविद्युत कम्पनीले ८ करोड कित्ता संस्थापक र २ करोड कित्ता साधारण गरि कुल १० करोड कित्ता सेयर डिम्याट गराउदैछ । कम्पनीको सेयर डिम्याट छिटो गराउनका लागि सेयर रजिष्टर ग्लोबल आइएमई क्यापिटलले सन्ध्याकालिन काउन्टर समेत सञ्चालनमा ल्याएको छ ।

यसका साथै, क्यापिटलले सेयरहरु अभौतिकिकरण गर्न धितोपत्र निक्षेप खाता अर्थात डिम्याट खाता अनिवार्य रहेकाले डिम्याट खाता खोल्न आग्रह गरेको छ । खाता खोलिसकेका सेयरधनीले आफूले खाता खोलेको निक्षेप सदस्य कँहा सक्कल सेयर प्रमाणपत्र सहित सम्पर्क राख्न भनेको छ ।

कुल सेयर संख्याको १० प्रतिशत सेयर डिम्याट नभई नेप्सेमा कारोबार सुरु नहुने व्यवस्था रहेकाले कम्पनीको १ करोड कित्ता सेयर डिम्याट भैसकेपछि मात्र कारोबार सुरु हुनेछ ।

१४ असार २०७३, १।००

वि.सं.२०७३ असार १४ मंगलवार १३:४३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...