back
NMB ad

देशभर रहेका गुठीको सम्पत्तिको संरक्षण गर्न तत्कालिन र दिर्घकालिन योजना बनाउन मन्त्री श्रेष्ठको निर्देशन

Kumari bank ad

काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गुठी संस्थान स्थापनाको उदेश्य, मर्म र भावना अनुरुप परिणाम देखिनेगरी काम गर्न निर्देशन दिएकी छन् । गुठी संस्थानको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा आज संस्थानमार्फत भइरहेका काम र आगामी कार्ययोजनाबारे जानकारी लिदै मन्त्री श्रेष्ठले देशभर रहेका गुठीको सम्पतीको संरक्षण गर्न कार्ययोजना नै बनाएर अगाडि बढ्न संस्थानका पदाधिकारीहरुलाई निर्देशन दिएकी छन् ।

गुठी सम्बन्धी धेरै गुनासाहरु छन् ति गुनासाहरु अन्त्य गर्ने, समस्यालाई जरैदेखि समाधान गर्ने र देशका कतिपय ठाउँमा रहेका गुठीका सम्पतीबारे अझै पनि जानकारी नै नभएको जस्ता समस्या पनि रहेकाले यस्ता समस्या हल गरेर राज्यको सम्पतिको संरक्षण गर्न तत्कालिन र दिर्घकालिन रुपमा समस्या समाधान गर्ने गरी कार्ययोजना बनाएर अगाडी बढ्न आग्रह गर्दै उनले भनिन् ‘मन्त्रालय र म व्यक्तिगत तर्फबाट पनि यसका लागि सहयोग गर्न तयार छौ, हाम्रो साथ र सहयोग सधै रहिरहने छ ।’

उनले देशका विभिन्न भागमा रहेका गुठीको जग्गा के भइरहेको छ भनेर अरुले जानकारी दिनु पर्ने अवस्थाको अब अन्त्य हुनु पर्ने भन्दै देशभर रहेका गुठीको जग्गाको यकीन तथ्याङ्क संकलन गर्न पनि निर्देशन दिइन् । संविधानले नै गुठीको सम्पती संरक्षणको विषय शुनिश्चित गरेकाले त्यस अनुसार छिटो समस्या समाधान गर्ने गरी संस्थानले आफ्ना कामहरुलाई चुस्त दुरुस्त बनाउन ढिला गर्न नहुनेमा पनि मन्त्री श्रेष्ठले जोड दिइन् ।

 

वि.सं.२०७८ मंसिर १४ मंगलवार १४:१२ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...