काठमाडौं । आज महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारणसभा तथा लाभांश वितरणका लागि मंसिर भोलि अर्थात १६ गते बुक क्लोज गरेसँगै आजसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्ताव लाभांश पारित गर्नका लागि कम्पनीले मंसिर २२ गते साधारण सभा गर्ने भएको छ ।
वि.सं.२०७८ मंसिर १५ बुधवार ०९:४९ मा प्रकाशित