back
NMB ad

यी हुन् आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी

Kumari bank ad

काठमाडौं । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ का लागि आठ फ्रेन्चाइज टोलीले खेलाडी ‘रिटेन’ गरेका छन् । यस वर्षबाट १० टोलीले आईपीएल खेल्दै गर्दा पुराना आठ टोलीले कुल २७ खेलाडी ‘रिटेन’ गरेका हुन् ।

१५औँ संस्करणको आईपीएलका लागि आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ‘मेगा अक्सन’ गर्दैछ । त्यसअघि आयोजकले फ्रेन्चाइज टोलीलाई बढीमा चार खेलाडी रिटेन गर्न अनुमति दिएको छ ।

जसअनुसार चार टिमले ४/४ खेलाडी रिटेन गर्दा तीन टिमले समान ३/३ र एक टिमले २ खेलाडी रिटेन गरेका छन् । यसपटक एक टिमले खेलाडीका लागि कुल ९० करोड भारतीय रुपैयाँ खर्च गर्न पाउँनेछ ।

नयाँ सिजनको आईपीएलमा १० टिमबीच प्रतिस्पर्धा हुनेछ । लखनउ र अहेमदावादले समेत बाँकी खेलाडीबाट ३/३ खेलाडी टोलीमा राख्न पाउने छन् । त्यसपछि मात्रै सबै १० टोलीबीच ‘मेगा अक्सन’ हुनेछ ।

कुन टिमले कुन–कुन खेलाडी रिटेन गरे रु
चेन्नाई सुपर किंग्स– रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, मोइन अली, ऋतुराज गैकवाड
दिल्ली क्यापिटल्स – ऋषभ पन्त, अक्षर पटेल, पृथ्वी शाव, एनरिक नोर्टजी
कोलकता नाइट राइडर्स– आन्द्रे रसेल, वरुण चक्रवर्ती, बैन्काटेस अयर, सुनिल नारिन
मुम्बई इन्डियन्स– रोहित शर्मा, जसप्रित बुमराह, सूर्यकुमार यादव, कायरन पोलार्ड
पञ्जाब किंग्स ११– मायंक अग्रवाल, अर्शदी सिंह
राजस्थान रोयल्स– सन्जु सामसन, जोस बटलर, यशस्वी जैसवाल
रोयल च्यालेन्जर्स बैंग्लोर– विराट कोहली, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज
सनराइजर्स हैदरावाद– केन विलियम्सन, अब्दुल समाद, उर्मान मलिक

वि.सं.२०७८ मंसिर १५ बुधवार १३:०७ मा प्रकाशित

You can share this post!

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...