काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको बोनस सेयरको मूल्य समायोजन गरेको हो ।
बिहीवार नेप्सेले ४७.५० प्रतिशत बोनस सेयरको समायोजनपछि ३ हजार ६५८ रुपैयाँ ९८ पैसा तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बुधवार कायम अन्तिम सेयर मूल्य ५ हजार ३९७ रुपैयाँको आधारमा समायोजन भएको हो ।
वि.सं.२०७८ मंसिर १६ बिहीवार १०:१७ मा प्रकाशित