back
NMB ad

आईपीओ निष्काशनको तयारीमा रहेको सिवाईसी नेपालको कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमासमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले साढे २ करोड बढी नाफा गरेको छ ।

आईपीओ निष्काशनको तयारीमा रहेको कम्पनीले चालु आवको असोज मसमान्तसम्म २ करोड ७३ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको हो ।

कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११७.११ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले १ करोड २६ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्यजा आम्दानी पनि वृद्धि भएको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ४४ लाख ८ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा भने ३ करोड ३१ लाख २ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ८ करोड २१ लाख ८ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा भने १२ करोड १२ लाखा ३१ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा ३.१२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा भने खराब कर्जा ६.१४ प्रतिशत रहेको थियो ।

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशनको तयारीमा रहेको छ ।

३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशनका लागि कम्पनीले असोज ११ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ मंसिर १६ बिहीवार १०:४१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...