back
NMB ad

अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्जको तयारी पूरा

Kumari bank ad

रसुवा । रसुवामा शनिबार हुने हाई अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्जको तयारी पूरा भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र रसुवा जिल्ला साइक्लिङ संघको आयोजनामा कालिकास्थानमा हुने हाई अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको रसुवा जिल्ला खेलकुद विकास समिति तथा रसुवा जिल्ला साइक्लिङ संघका अध्यक्ष दावा तामाङले बताए ।

प्रतियोगितामा नेपाली र विदेशी गरी ८० जना खेलाडीले सहभागिता जनाउने उनले बताए । प्रतियोगितामा पुरुषतर्फ इलिट, जुनियर र मास्टर्स तथा महिलातर्फ इलिट विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।

इलिटतर्फका विजेताले ४० हजार, उपविजेताले २० हजार तथा तेस्रो स्थानमा रहने खेलाडीले १५ हजार रुपैयाँ पाउने अध्यक्ष तामाङले बताए । उनका अनुसार चौथोदेखि दशौँ स्थानमा रहने खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरिने भएको छ । यसैगरी मास्टर्स र जुनियरका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले सात हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगिता कालिका गाउँपालिकाको सहिदगेट कालिकास्थानबाट सुरु भई घुम्ती बजार, लामाटोल, गुम्बाडाडा, स्याउबरी हुँदै गणेश हिमाल र त्रिशूलीको रमणीय दृश्य हेर्दै नौकुण्ड गाउँपालिका लोकिल, आरुखर्क, गोर्मु, किमोर्जोङ, खाल्चेत, जिबजिबे हुँदै ३५ किलोमिटर पार गरी कालिका हिमालय क्याम्पसमा अन्त्य हुनेछ ।

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १३:४२ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...