back
NMB ad

नेशनल हाइड्रोपावर र टेलिकममा लगानीकर्ता आकर्षित, कुनको कति बिक्री भयो सेयर ?

Kumari bank ad

काठमाडौं । बुधवार दुई कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त दिन नेशनल हाइड्रोपावर कम्पनी र नेपाल दुरसञ्चार कम्पनीको बढी कारोबार भएको हो ।

साताको चौथो कारोबार दिन नेशनल हाइड्रोपावर कम्पनीको ११ करोड ८८ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज ३ लाख ९ हजार ७० कित्ता सेयर किनबेच भएको हो ।

कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । आज कम्पनीको सेयर मूल्य ३.७८ प्रतिशत अर्थात प्रतिकित्ता १५ रुपैयाँले घटेको हो । योसंगै आज कम्पनीको सेयर मूल्य ३८२ रुपैयाँ कायम भएको छ ।

यस्तै, कारोबार कै आधारमा दोस्रो स्थानमा नेपाल टेलिकम रहेको छ । आज कम्पनीको १० करोड ९१ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन कम्पनीकोे ८३ हजार ३४२ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य भने २.०७ प्रतिशतले घटेको छ । आज प्रतिकित्ता २७ रुपैयाँ ३० पैसाले घटेर १ हजार २९८ रुपैयाँ ७० पैसा कायम भएको छ ।

वि.सं.२०७८ मंसिर २२ बुधवार १५:४१ मा प्रकाशित

You can share this post!

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...