back
NMB ad

नेपाली बजारमा अब एमजी हेक्टर : कति पर्छ मूल्य ? यस्तो छ फिचर

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा एमजी हेक्टर सार्वजनिक भएको छ ।

नेपालमा एमजी (मोटिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले उक्त गाडी सार्वजनिक गरेको हो ।

कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गरि बहु–प्रतिक्षित हेक्टर सार्वजनिक गरेको हो ।
सोही अवसरमा गाडीको मुल्य सार्वजनिक र गाडी डेलिभरी गपनि गरिएको थियो ।

यो गाडी १.५ मिटरको टमगार्जड इन्टरकूल इन्जिनयुक्त हेक्टर एमटी र सिभिटि दुवै भेरियन्टमा उपलब्ध रहेको छ । हेक्टर एमटीको मूल्य ५९ लाख ९९ हजार र हेक्टर सिभिटीको ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सुरक्षा, शैली र फङ्सनालिटीका लागि लागि हेक्टर भारतमा पहिलेदेखि नै लोकप्रिय तथा प्रशंसित छ । एसयूभि क्याटेगमिै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर, हेडल्याम्प, स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक रहेको छ ।

यस्तै २६.४ सेमीको एचडी टचस्क्रृन सिस्टम र अन्य धेरै प्रमखु विशेषता रहेकाले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरेको पारामाउन्ट मोटर्स प्रालिका जनरल म्यानेजर सचिन अर्यालले बताउनुभयो ।

एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने अर्यालको दाबी छ । भारतमा बनेको यो एसयुभि नेपालस्थित सम्पूर्ण डिलरशिपहरुमा उपलब्ध छ ।

यो हेक्टरको नयाँ मिड–स्पैक भेरियन्ट हो । जुन बजारमा उपलब्ध मिड साइज एसयूभिहरुको लोस्पेक र टप स्पेक ट्रिमहरु बीचमा छ ।

एमजी हेक्टर नेपालमा अत्यधिक माग भएको बहु–प्रतिक्षित एसयुभि हो । एमी हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरूले ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने विश्वास गरिएको छ ।

यसको नयाँ गेम चेन्जर मोडलले एसयभ लेगेसीलाई सुद्द पास होने ग्राहकहरुको चाहना पनि पुरा गर्नेछ ।

कार्यक्रममा जोन्टा क्लब अफ काठमाडौं र प्यारामाउन्ट मोटर्स बीच सहकार्य पनि भएको थियो । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एउटा हिस्सा अन्तर्गत प्यारामाउन्टले जोन्टा क्लब अफ काठमाडीलाई १० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

जोन्टा क्लब अफ काठमाडीले यो सहयोग रकमलाई घरेलु हिंसा कार्य स्थलमा हुने हिंसा सार्वजनिक स्थलमा हुने हिंसा र बालविवाह विरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिदै सचेतना अभियान सञ्चालन गर्न प्रयोग गर्नेछ ।

उक्त सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरि पारामाउन्ट मोटर्सले जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छागाई उक्त रकमको चेक हस्तान्तरण गरेको थियो ।

वि.सं.२०७८ मंसिर २३ बिहीवार १५:३२ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...