back
NMB ad

चार महिनामा २०५ अर्ब ऋण आयातमाः गभर्नर अधिकारी

Kumari bank ad

काठमाडौ । बैंंक तथा वित्तिय संस्थाहरुबाट गएको २०५ अर्ब बराबरको ऋण रकम आयातको लागि प्रयोग भएको पाइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विहिबार अर्थसमितिमा बोल्दै बैंक तथा वित्तिय संस्थाबाट चालु आर्थिक बर्षमा गएको ४११ अर्ब रुपैयाँ बराबरको कर्जामध्ये सो रहकको कर्जा भने आयातको लागि प्रयोग भएको पाइएको बताएका हुन् ।

उनले नेपाल आयातमा निर्भर भएको र आयात बढ्दा देशबाट नफर्कने गरी जाने रकम बढीरहेकोले पनि तरलताको अभाव चर्किदै गएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा करिव मासिक ८० अर्ब रुपैयाँको हाराहारीमा रेमिट्यान्स आप्रबाह भइरहेको छ, तर एक अर्ब ७० अर्ब रुपैयाँको हाराहारीमा आयात हुनेगरेकोले पनि रेमट्यान्सले आयातलाई धान्न सकेन ।’

त्यस्तै उनले निक्षेपको तुलनामा कर्जाको माग कयौ गुणा बढी भएकोले पनि बजारमा तरलताको अभाव देखिएको र त्यसको चेन इफेक्ट नेपालको अर्थतन्त्रमा पनि परेको बताए ।

चालु आर्थिक बर्षमा बैकिङ प्रणालीबाट ४११ अर्ब कर्जा जाँदा निक्षेप ६४ अर्ब रुपैयाँले मात्र बढेको छ, ’साढे तीन खर्बको ग्यापले तरलता अभाव भएको हो’ उनले भने।

त्यस्तै उनले तरलतामा चाप पर्ने भएकै कारण आन्तरिक ऋणका लागि राष्ट्र बैंकले कुनैपनि पाइला नचालेको बताउदै विदेशी पैसालाई नेपालमा भित्र्याउनका लागि एनआरएनएका सदस्यहरुले नेपालमा विदेशी मुद्रामा नै खाता खोल्न पाउने व्यवस्था गरिएपनि जानकारी दिए ।

त्यस्तै उनले विदेशी मुद्रा नेपालमा भित्र्याउनका लागि गैर आवसीय नेपालीहरुको खातामा एक प्रतिशत बिन्दुले बढि ब्याज दिने योजना ल्याएको पनि अर्थसमितिमा जानकारी दिए ।

 

वि.सं.२०७८ मंसिर २३ बिहीवार १६:१७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...