back
NMB ad

आईएमइ ग्लोबल आईएमई बैक नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा

Kumari bank ad

काठमाडौं । आइएमई ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको पाँचौं संस्करणको घोषणा भएको छ । नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लब नेपालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो ।
विनासकारी भुकम्पबाट सिर्जित पीडादायी अवस्थाका कारण गतवर्ष स्थगित प्रतियोगिता र प्रदर्शनीलाई यो वर्षबाट पुनः निरन्तरता दिइन लागेको पिजे क्लबले जनाएको छ ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगिताका लागि बुधबारबाटै फोटो दर्ता प्रक्रिया सुरु भएको क्लबले जनाएको छ । क्लबको आधिकारिक वेभसाइट डब्लु डब्लु डब्लु डट पिजे क्लब डट कममा गएर दिइएको गाइडअनुसार फोटो दर्ता गर्न सकिने क्लबले बताएको छ । प्रतियोगितामा व्यावसायिक, शौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकारले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा विदेशी नागरिक तथा पिजे क्लबको कार्यसमिति सदस्यले भने सहभागिता जनाउन नपाउने नियम रहेको छ ।

बुधबारबाटै सुरु भएको दर्ता प्रक्रिया असार मसान्तको मध्यरात१२ बजे वन्द हुनेछ भने साउन १२ मा पिजे क्लबले एक कार्यक्रमका बीच सबै सात विधाका विजेताको घोषणा गर्ने जानकारी गराएको छ । यसैगरी भदौ १५ गते विजेतालाई पुरस्कृत गरिनेछ भने त्यही दिनबाट बबरमहलको नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढि उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राख्नेछ ।

काठमाडौंमा सात दिनको फोटो प्रदर्शनी गरे पछि मोफसलका पाँच स्थानमा पनि प्रदर्शनी गरिने पिजे क्लबका अध्यक्ष विकास कार्कीले जानकारी गराएका छन् । उनका अनुसार विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा र चितवनको सौराहामा तीन दिनका दरले प्रदर्शनी गरिनेछ ।

प्रतियोगितामा यसपाली १ हजार ५ सय भन्दा बढि फोटोग्राफरका १३ हजारभन्दा बढि फोटोको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रदर्शनीलाई १ लाखभन्दा बढि जिज्ञासुले अवलोकन गरेको पिजे क्लबले बताएको छ ।

आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा हुन लागेको प्रतियोगितामा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् । अर्घाखाची सिमेन्ट न्युज फोटो विधामा २०७१ सालदेखि २०७२ चैत्र मसान्तसम्म खिचिएका तस्विरले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् । अन्य विधामा जहिलेसुकै खिचिएका तस्विरहरू पठाउन सकिने क्लबले जनाएको छ ।

५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार रहेको प्रतियोगिताको मुख्य विधा आइएमई ग्लोबल आइएमई बैंक फोटो अफ दी एयरको विजेताले १ लाख रुपैयाँ पाउनेछ भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने बुधबार घोषणा कार्यक्रममा जानकारी गराइयो ।

प्रत्येक विधामा प्रतियोगीले बढिमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् । नेपाल टुरिजम बोर्डको प्रवद्र्धनमा हुने प्रतियोगितामा हालसम्म आइएमएस, नेपाल टेलिकम, शिखर इन्स्योरेन्स, अर्घाखाची सिमेन्ट र आरजे स्पोर्टसले विधागत प्रायोजकका रुपमा सघाउने पक्का भइसकेको छ । विपी कोइराला भारत–नेपाल प्रतिष्ठान, एडभेन्चर स्पोर्टस, अखिल नेपाल फुटबल संघ, एस म्यागजिन, रैका टुर्स, भाएनेट, राष्ट्रिय खेलकुद परिषदलगायतका संस्थाहरुले सहयोगीको भुमिका निर्वाह गर्ने भएका छन् भने नेपाल वायुशेवा निगम कार्यक्रमको आधिकारिक एयरलाइन्स हुनेछ ।

मुख्य प्रायोजक आइएमई समुहका अध्यक्ष चन्द्र ढकालले भने, नेपालकै गौरवका रुपमा स्थापित हुँदै गएको यो प्रतियोगिता र प्रदर्शनीमा सफलताका लागि हामी क्यामेरा चलाउने सबैलाई सुभकामना दिन चाहन्छौं ।’

आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले कार्यक्रमको प्रभावकारिताका कारण आफूहरुले सहयोग गरेको बताउँदै नेपाल चिनाउन यो प्रतियोगिता महत्वपूर्ण रहदै आएको विचार राखे ।

मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका अध्यक्ष मनोज पाण्डेले आफूलाई खेलकुदमा रुची भएकाले प्रायोजन गरेको बताए । ‘देश चिनाउन र देशलाई एक बनाउन खेलकुदको महत्वपूर्ण भुमिका हुन्छ । फोटोग्राफीले नेपाली खेलुकद प्रवर्दनमा ठूलो भुमिका खेलेको छ । ’ उनले भने ।

नेपाल पर्यटन बोर्डका पिआर एन्ड पब्लिसिटी निर्देशक सुनिल शर्माले घुमफिरमा निस्कने पर्यटकहरुले बोक्ने क्यामेरामा कैद भएका तस्विर समेत सहभागि हुन पाउनु प्रतियोगिताको सुन्दर पक्ष भएको बताए । ‘शौखिन पर्यटकले खिचेका कतिपय तस्विरहरु निकै सुन्दर हुन्छन् । देश चिनाउन र पर्यटनमा अमुल्य योगदान गर्न सक्ने खालका हुन्छन् । तर यस्तो प्रतियोगिता र प्रदर्शनी नहुँदा धेरैजसो त्यस्ता तस्विर वाहिर आउनै पाउँदैनथिए । पिजे क्लबको यो कार्यक्रमले त्यस्तो शौखिन फोटोग्राफरलाई पनि स्वागत गर्ने भएकाले देशको पर्यटन प्रवर्दनमा प्रतियोगिताको ठूलो योगदान रहनेछ ।’ उनले भने ।

यसैगरी अर्घाखाँची सिमेन्टका वजार प्रमुख अभिनय जैसवालले प्रतियोगितामा जोडिन पाउँदा आफूहरु खुसी भएको र सबैलाई शुभकामना दिए ।

वि.सं.२०७३ असार १६ बिहीवार १८:५६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...