back
NMB ad

नयाँँ बानेश्वरमा अब ‘किरेइ कस्मे जापान’को स्टोर

Kumari bank ad
काठमाडौं । जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले आफ्नो स्किन केयर र सौन्दर्य सामाग्रीहरु काठमाडौंमा पनि उपलब्ध गराउने भएका छन् ।
विगत १३६ वर्षदेखि जापानमा सौन्दर्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको मोमोतानी जुनतेन्कानको स्वामित्वमा रहेका यी दुवै ब्रान्डका उत्पादनहरु नेपालमा पहिलोपटक उपलब्ध हुँदैछन् ।
महिलाहरुमा प्रायः बढी देखा पर्ने डन्डिफोर लगायत अन्य समस्याहरुको लागि यो विश्व–विख्यात नाम हो । मोमोतानी जुनतेन्कान ले १८८५ मा बिगन्सुइ नामको एक्ने केयर उत्पादनसँगै आफ्नो उत्पादनको शुरुवात गरेको थियो र पछि यसले अन्य स्किन केयर सामाग्रीहरुको उत्पादन गर्न थालेको थियो । जापानकि साम्राज्ञीले समेत यहि ब्राण्डको उत्पादनहरु प्रयोग गर्नुहुन्थ्यो ।
हाल मेशोकु र मोमोतानीका उत्पादनहरु विश्वका २५ देशमा बिक्री भइरहेका छन् । यसका उत्पादनहरुमा एक्नि केयर, स्किन केयर, मेक–अप र हेयर केयरहरु आदि छन् । यी सबै उत्पादनहरु जापानमै बनेका हुन् ।
नेपालस्थित लाफिङ यति ट्रेडिङ प्रा.लि.ले यसलाई नेपालमा भित्र्याएको हो । लाफिङ यतिले नयाँँ बानेश्वर र पुल्चोकमा जापानिज भेराइटि स्टोर खाइमोनो र सिभिल मलमा टच–मी जापान पनि सन्चालन गर्दै आइरहेको छ ।
खाइमोनोमा सम्पूर्ण घरायसी सामानहरु, सजावटका सामानहरु, जापानीज् सौन्दर्य प्रसाधनहरु र अन्य उपयोगी सामानहरु उपलब्ध छन् भने टच मीमा महिला पुरुष दुवैको लागि ब्रान्डेड ब्यागहरु उपलब्ध छन् ।
टच मीमा महिला तथा पुरुष दुवैको लागि अन्य एसेसरिज पनि चाँडै उपलब्ध हुनेछन् । यहाँँ पाइने सम्पूर्ण सामानहरु जापानमै त्यहीँको गुणस्तर मापदण्ड अनुसार उत्पादित हुन्छन् ।
लाफिङ यती अन्तरराष्ट्रिय कम्पनीमा काम गर्दै त्यहाँको ज्ञान र अनुभव नेपालमा हस्तान्तरण गर्दै युवा सशक्तिकरण एवम् महिला सशक्तिकरणद्वारा नेपालमै सक्षम युवा नेतृत्व उत्पादन गर्ने अभिप्रायले नेपाली युवाद्वारा स्थापित कम्पनी हो ।
यसै कम्पनीले नयाँँ बानेश्वर, काठमाडौंमा किरेइ कस्मे जापानको नाममा आफ्नो पहिलो जापानिज् कस्मेटिक र स्किन केयर शोरुम पनि उद्घाटन गरेको छ ।
यसको उद्घाटनसँगै नेपाली महिलाहरुले विश्व–प्रसिद्ध, उच्च गुणस्तरीय र दिगो जापानिज् उत्पादनहरु सहजै प्राप्त गर्न सक्नेछन् । नेपालमा मोमोतानी र मेशुकोका उत्पादनहरु किरेइ कस्मेले मात्र एक्स्क्लुजिव रुपमा बिक्री गर्नेछ । यसको स्टोर नयाँँ बानेश्वरस्थित काइमोनो जापानको शोरुमसँगै रहेको छ ।
लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्काले रिबन काटेर शोरुमको उद्घाटन गरेकी थिइन् । उनले सोही शोरुममै उक्त २ ब्रान्डका उत्पादनहरु पनि लन्च गरेकी थिइन् ।
भिडियो म्यासेजमा बोल्दै मोमोतानी जुनतेन्कानका कर्पोरेट अफिसर र जेनेरल म्यानेजर  हिरोशी वादाले भन्नुभयो, “राम्रो र आकर्षक देखिन सबैलाई रहर हुन्छ । हाम्रो मुख्य उद्धेश्य भनेको उपभोक्ताहरुको समस्या समाधान गरेर वहाँँहरुलाई खुशी बनाउने हो । हामी भविष्यमा पनि लाफिङ यति ट्रेडिङ प्रा.लि.को माध्यमबाट यस्तै उपयोगी उत्पादनहरु ल्याउने छौँ ।” उद्घाटन कार्यक्रममा लाफिङ यति ट्रेडिङ प्रा.लि.का प्रतिनिधि  गौरव थापाले भन्नुभयो, “ हाम्रा ग्राहकहरु लगायत सम्बन्धित सम्पूर्णबाट अहिलेसम्म प्राप्त भएको सहयोगप्रति हामी आभारी छौँ, र यो लन्च कार्यक्रममा यहाँँहरुको उत्साजनक उपस्थितीको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ । जापानको लोकप्रिय ब्रान्डको गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा ल्याउन पाउँदा एकदमै खुशी लागेको छ । हाम्रा यी उत्पादनहरुलाई नेपाली उपभोक्ताहरुले मन पराइदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।”
मोमोतानी र मेशुकोको गुणस्तरीय उत्पादनहरु दराज अनलाइन शपिङ र काइमोनो जापान अनलाइन स्टोरमा पनि उपलब्ध छन् ।

वि.सं.२०७८ मंसिर २६ आइतवार १८:१८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...