back
NMB ad

भोलि दुई बैंकसहित ४ कम्पनीको साधारणसभा: लाभांश पारित गर्ने, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात मंसिर २८ गते विभिन्न चार कम्पनीहरुले साधारणसभा गर्दैछन् । उक्त दिन दुई बैंकसहित ४ कम्पनीको साधारणसभा हुँदैछ ।

मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक अफ नेपाल, सोल्टी होटल र ग्लोबल आइएमई लघुवित्तले सभा गर्न लागेका हुन् ।

भोली हुने मेगा बैंकले वार्षिक साधारणसभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । उक्त सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुका लागि प्रस्ताव गरेको लाभांश पारित गर्नेछ ।

बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र २.०७ प्रीतशत नगद लाभांश वितरण गर्ने भएको हो ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर वा प्राप्ति लगायतका अन्य सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिनेछ । सभा तथा लाभांश प्रयोजनका लागि बैंकले मंसिर १४ गते बुक क्लोज गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैक अफ नेपालले भोलि बिहान १० बजे कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा सभा गर्ने भएको छ ।

बैंकको सभाले पनि लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तवा गरेको छ ।

भोलि हुने सभाले १० प्रतिशत बोनस सेयर र कर सहित ३.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ ।

त्यस्तै, भोलि बिहान ११ बजे हुने सोल्टी होटलको साधारणसभा हुँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ताहचल काठमाडौंमा हुनेछ ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । कम्पनीले यस वर्ष कुनै लाभांश प्रस्ताव गरेको छैन ।

त्यसैगरी ग्लोबल आइएमई लघुवित्तले पनि भोलि वार्षिक साधारणसभा गर्दैछ । सभाले २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित , आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

वि.सं.२०७८ मंसिर २७ सोमवार १६:२६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...