back
NMB ad

आफूखुसी औषधिको मूल्यवृद्धि गरिएको छैनः औषधि व्यवसायी संघ

Kumari bank ad

काठमाडौं । नेपाल औषधि व्यवसायी संघले आफूखुसी औषधिको मूल्यवृद्धि नभएको स्पष्ट पारेको छ ।

संघले सोमबार विज्ञप्ती जारी गर्दै केही सञ्चार माध्यमहरुमा औषधिको मूल्यवृद्धि सम्बन्धी समाचारहरुमा संघको नामसमेत उल्लेख भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

संघले समाचारमा उल्लेख भएका कतिपय तथ्यहरुप्रति संघ असहमति राख्दै तथ्यपूर्ण समाचार सम्प्रेषणका लागि अनुरोध समेत गरेको छ ।

‘औषधि ऐन, २०३५ मा आवश्यक देखेमा नेपाल सरकारबाट औषधिको मूल्य निर्धारण गर्ने व्यवस्था छ । सोहि प्रावधान अनुसार हाल देशमा ९६ प्रकारका औषधिहरुको मूल्य समेत निर्धारण गरिएको अवस्था छ,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिहरुको मूल्य उत्पादक आफैले निर्धारण गर्ने संसारभरिको प्रचलन अनुसार हाम्रो देशमा पनि आयात गरिने औषधिहरुमा सरकारले तोकेको बाहेक अन्यमा उत्पादक कम्पनिले, उत्पादित देशमा भन्दा एमआरपी बढी नहुने गरि आयात गरिरहेको सम्पूर्णमा अनुरोध छ ।’

संघले विद्यमान कानूनी व्यवस्था र यथार्थताभन्दा टाढा रहेर प्रकाशन/प्रसारण भएका समाचारमा सत्यता नभएको बताउँदै औषधिजस्तो अति संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा गम्भीर अध्ययन, खोज र विश्लेषण गरिदिनु हुन अनुरोध गरेको छ ।

वि.सं.२०७८ मंसिर २७ सोमवार १७:०० मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...