back
NMB ad

चार कम्पनीको साधारणसभा आज हुँदै, कुनको कस्ता छन् एजेण्डा ?

Kumari bank ad

काठमाडौं । आज विभिन्न चार कम्पनीहरुले साधारणसभा गर्दैछन् । उक्त दिन दुई बैंकसहित ४ कम्पनीको साधारणसभा हुँदैछ ।

मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक अफ नेपाल, सोल्टी होटल र ग्लोबल आइएमई लघुवित्तले सभा गर्न लागेका हुन् ।

आज हुने मेगा बैंकले वार्षिक साधारणसभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । उक्त सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुका लागि प्रस्ताव गरेको लाभांश पारित गर्नेछ ।

बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र २.०७ प्रीतशत नगद लाभांश वितरण गर्ने भएको हो ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर वा प्राप्ति लगायतका अन्य सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिनेछ । सभा तथा लाभांश प्रयोजनका लागि बैंकले मंसिर १४ गते बुक क्लोज गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैक अफ नेपालले केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा सभा गर्ने भएको छ ।

बैंकको सभाले पनि लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तवा गरेको छ ।

भोलि हुने सभाले १० प्रतिशत बोनस सेयर र कर सहित ३.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ ।

त्यस्तै, आज बिहान ११ बजे हुने सोल्टी होटलको साधारणसभा हुँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ताहचल काठमाडौंमा हुनेछ ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । कम्पनीले यस वर्ष कुनै लाभांश प्रस्ताव गरेको छैन ।

त्यसैगरी ग्लोबल आइएमई लघुवित्तले पनि आज वार्षिक साधारणसभा गर्दैछ ।

सभाले २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

सोही अवसरमा आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार १०:४८ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:०७

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा...

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...