back
NMB ad

२१ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेण्डासहित महालक्ष्मी बैंकले बोलायो एजीएम

Kumari bank ad

काठमाडौँ । महालक्ष्मी विकास बैंकले लाभांश पारित गर्ने मुख्य एजेण्डा सहित वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस २ गते बसेको बैंकको संचालक समितिको ५०६ औं बैठकले पुस २५ गते बीसौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

बैंकले साधारण सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आह्वान गरेको छ ।
वार्षिक साधारणसभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २० प्रतिशतका दरले बोनस सेयर र प्रयोजनका लागि १.०५२६ प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव पनि पेश हुनेछ । यो प्रस्ताव पारित भएपछि बैंकको चुक्तापूँजी बढेर ४ अर्ब रुपैयाँ माथि पुग्नेछ ।

संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ साल असार मसान्तको बासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणसहितका अनुसूचिहरु पारित गर्ने प्रस्तावहरु पनि राखिएका छन् ।

साधारणसभामा संचालक समितिको बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता लगायतका अन्य सुविधा वृद्धि गर्ने प्रस्ताव समेत पेश हुने बताइएको छ ।

यस्तै, संस्थापक समूह(क)बाट ३ जना र सर्वसाधारण समूह(ख)बाट ३ जना गरी जम्मा ६ जना संचालकको निर्वाचन समेत हुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

स्वतन्त्र संचालक भने यसअघि नै नियुक्त भइसकेको बैंकले जनाएको छ ।

बैंकले अन्य बेलाजस्तो अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धमा कुनै पनि प्रस्ताव राखेको छैन । बैंकले यसअघि नै कसैसँग मर्जरमा नजाने, बरु आफैं बलियो बन्दै अगाडि बढ्ने घोषणा गरिसकेको छ ।

वि.सं.२०७८ पुस ४ आइतवार १२:१६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...