back
NMB ad

४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । उक्त दिन बजार ९२.१६ अंकले वृद्धि भएको छ ।

उक्त दिन बजार परिसुचक २५०७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ४ अर्ब ४५ करोड ३३ लाख ८१ हजार रुपैयाँ बराबरको ८१ लाख ४ हजार ३१९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन विभिन्न चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज अरुण भ्याली हाइड्रोपावरसहित चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

बुधवार अरुण भ्यालीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँ ८० पैसाले वृद्धि भएको छ। योसंगै कम्पनीको सेयर मूल्य ४३७ रुपैयाँ ८० पैसा कायम भएको छ ।

उक्त दिन बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता ४१ रुपैयाँले वृद्धि भई ४५१ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज अपर तामाकोशीको सेयर मूल्यमा पनि सकरात्मक सर्किट लागेको हो । उक्त दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५९ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ६४९ रुपैयाँ कायम भएको छ ।

त्यसैगरि आज शिवम सिमेन्टको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता ११२ रुपैयाँ २० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य १ हजार २३४ रुपैयाँ २० पैसा कायम भएको छ।

वि.सं.२०७८ पुस ७ बुधवार १५:३० मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...