काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । बुधवार कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य ९.०७ प्रतिशतले वृद्धि भएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५१ रुपैयाँले वृद्धि भई ६१३ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार कम्पनीको १ करोड ३९ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज २३ हजार ८९९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ पुस ७ बुधवार १५:४० मा प्रकाशित