back
NMB ad

इटालीलाई हराउँदै जर्मनी युरोकपको सेमिफाइनलमा

Kumari bank ad

काठमाण्डौं । जर्मनी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटलीलाई पेनाल्टी सुटआउटमा ५–६ ले पराजित गर्दै जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको हो । ठूला प्रतियोगिताका फाइनल चरणमा जर्मनीले इटलीलाई हराएको यो पहिलो पटक हो ।

फ्रान्सको बोर्डोमा शनिबार राति भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित समयमा दुवै टोलीले एक एक गोल गर्दै बराबरी खेलेका थिए । जर्मनीका मेसुत ओजिलले पहिलो गोल गरेका थिए भने ईटालीका लियानार्दो बोनुर्चीले पेनाल्टी मार्फत खेललाई बराबरी बनाएका थिए ।
त्यसपछि थपिएको ३० मिनेटको समयमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पहिलो पाँच प्रहारमा दुई दुई गोल गरेका दुवै टिमले दोस्रो पटकको पेनाल्टी सुटआउटको चौथो बलमा ईटालीका माटियो डार्मीयानले बललाई जाली चुमाउन नसकेपछि जर्मनीले जीत हात पारेको हो ।
अब सेमिफाइनलमा जर्मनीले फ्रान्स र आइसल्याण्डबीच भएको अन्तिम क्वाटरफाइनल खेलको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशितः २०७३ असार १९

वि.सं.२०७३ असार १९ आइतवार १०:४७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...