back
NMB ad

बेनेलीको ‘पानारिया १२५ स्कुटर’ नेपाली बजारमा: यस्ता छन् आधुनिक फिचर, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । नेपालमा बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले नयाँ प्रिमियम स्कुटर पानारिया सार्वजनिक गरेको छ ।

कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गरि बेनेली पानारिया १२५ ईएफआई नेपालमा सार्वजनिक गरेको हो ।

नेपालमा बेनेली मोटरसाइकल र स्कुटरको बिक्री वितरणमा पञ्चकन्या ग्रुपबाहेक गोल्छा अर्गनाइजेसन र सारडा ग्रुप पनि संलग्न रहेको छ।

क्लासिक लुक्स दिने यो स्कुटरमा आधुनिक फिचरहरु छन् । पानारिया १२५ ईएफआईमा नोबल सिंगल सिलिन्डर एयर कुलयुक्त १२४ सीसी इन्जिन रहेको छ ।

इलेक्ट्रोनिक फ्युइन इन्जेक्स (ईएफआई)युक्त इन्जिनले ७५ सय आरपीएममा ८.५ पीएस पावर जेनेरेट गर्छ ।

यसको टर्क पावर ६ हजार आरपीएममा ९.२ एनएम, ४.६ लिटरको इन्धन ट्यांकी रहेको छ । यसले प्रतिलिटर कम्तीमा ४५ देखि ५० किमिसम्म माइलेज दिने कम्पनीले जनाएको छ ।

अगाडि टेलिस्कोपिक फर्कसहित सस्पेन्सन, ९० एमएम ट्राभल, डुअल पिस्टल क्यालिपरसँगै १९० एमएम डिस्क ब्रेकिङ सिस्टम, टेलिस्कोपिक आयल ड्याम्पेन क्वाइल स्प्रिङ रियर सस्पेन्सन रहेको स्कुटरमा १२३ इन्च आल्मुनियम अलोय रिमयुक्त १००/९०–१२ र ११०/९० ट्युबलेस टायर रहेको छ ।


यसमा १२ इन्चको ह्विल, लिदर मोरिएको आनन्ददायी सिट, अगाडि डिस्क ब्रेक, किल स्विच, हाजार्ड लाइट्स र पूर्ण एलईडी लाइट सेटजस्ता आधुनिक फिचर रहेका छन्।

पानारिया १२५ सेतो, कालो, निलो र पहेँलो रङमा नेपाली बजारमा उपलब्ध भएको छ । यसको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ राखिएको छ ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १५:१७ मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...