back
NMB ad

जुम्लाको खलंगामा बर्षौदेखि थुप्रिएको फोहोर एक सातामै यसरी उठ्यो

Kumari bank ad

जुम्ला । जुम्लाको सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेको बेलामा चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले एक साता मै सदरमुकाम बजार खलंगाको मुहार फेरिदिएका छन् । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएलगत्तै बुढ्थापाले बजारको मुहार फेरिदिएका हुन् ।

जिम्मेवारी पाएसँगै उनले अस्थायी डम्पिङसाइटको समेत व्यवस्थापन गरेका छन् । यति मात्रै होइन उनी हरेक बिहान नगरका कर्मचारीसँगै फोहोर उठाउन समेत निस्कन्छन् । यसले गर्दा बर्सौदेखि दुर्गन्धित बनेको नगरले फोहोरबाट मुक्ति पाउन थालेको छ । उनी भन्छन्, हाम्रो पहिलो प्रथामिकता बजार सफा बनाउने हो ।

बजार सफा भएपछि खलंगामा रहेको जुगाड खोलाको फोहोर पनि हटाउने बुढ्थापाले बताए । अहिले मुख छोपेर हिड्ने अवस्था छ। हामी त्यसलाई पनि बेलैमा सरसफाई गर्नतर्फ लाग्ने छौं, उनले भने, ‘हामी पहिलो चरणमा फोहोर उठाउँछौँ, त्यसअनुसार नगरले व्यापारीहरूबाट शुल्क पनि लिन्छौँ । त्यसपछि हरेक घर तथा पसलबाट निस्कने फोहोर कुहिने र नकुहिने छुट्टाछुट्टै राख्न लागाउँछौ । अटेर गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याउनु पर्ने पनि हुनसक्छ ।

बुढ्थापाले बढ्दै गएको सहरीकरणले फोहोरमैला व्यवस्थापन गर्न असहज हुने भएकाले दीर्घकालिन योजना बनाएरअघि बढ्न थालेको बताए । उनले भने, ‘प्लास्टिकको अत्याधिक प्रयोगसँगै पर्चा पम्प्लेटले सार्वजनिक स्थानमा फोहोर बढेको छ ।

जुम्ला बजार सरसफाईका लागि सबैले आ-आफ्नो क्षेत्रबाट पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, सदरमुकामभित्रका घरबाट मासिक एक सय, व्यवसायीबाट मासिक तीन सय र ठूला उद्योग तथा होटलबाट मासिक एक हजार रुपैयाँ फोहोर शुल्क उठाउन थालिएको छ ।

चन्दननाथ नगरपालिकाको राजश्व परामर्श समितिको बैठक तथा नगरसभाको निर्णयअनुसार व्यवसायीबाट शुल्क उठान सुरु गरेको छ । चन्दननाथ नगरपालिका जुम्लाका फोहोर मैला तथा विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बजारको फोहोर नियमित उठाउने गरेको बताए । फोहोर व्यवस्थापनलाई सहज बनाउन व्यवसायीबाट शुल्क उठाइएको हो । उनले भने, छलफलपछि सहभागीले नगरपालिकालाई सफा, सुन्दर र स्वस्थ बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। न्युज कारखाना

वि.सं.२०७८ पुस ११ आइतवार १४:२७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...