back
NMB ad

नेपालमा पाँच महिनामै भित्रियो २७ करोड बढीको इलेक्ट्रिक तीन पाङ्ग्रे सवारी

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा २७ करोड बढीको तीन पाङ्ग्रे इलेक्ट्रिक सवारी साधान आयात भएको छ ।

चालु आवको पाँच महिना अर्थात मंसिर मसान्तसम्म २७ करोड ७ लाख ५१ हजार रुपैयाँ बराबरको तीन पाङ्ग्रे इलेक्ट्रिक सवारी साधान आयात भएको हो ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा २ हजार ७६८ थान तीन पाङ्ग्रे इलेक्ट्रिक सवारी नेपाल भित्रिएको होे । उक्त प्रकारकार सवारी आयातबाट सरकारले ६ करोड ५६ लाख ९७ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

नेपालमा छिमेकी दुई मुलुक भारत र चीनबाट तीन पाङ्ग्रे इलेक्ट्रिक सवारी साधान आयात हुने गरेको छ । चालु आवको पाँच महिनाको अवधिमा सबैभन्दा बढी चीनबाट आयात भएको छ ।

उक्त अवधमिा चीनबाट १५ करोड ९७ लाख ६५ हजार रुपैयाँ बराबरको १ हजार ६९२ थान तीन पाङ्ग्रे इलेक्ट्रिक सवारी साधान आयात भएको छ ।

जसमध्ये चीनबाट उक्त अवधिमा १२ करोड ३५ लाख ७२ हजार रुपैयाँ बराबरको जडान गरिएको र ३ करोड ६१ लाख ९३ हजार रुपैयाँ बराबरको जडान नगरिएको तीन पाङ्ग्रे सवारी साधान नेपाल भित्रिएको हो ।

चीनबाट तीन पाङ्ग्रे सवारी साधान आयातबाट सरकारले ३ करोड ८८ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

यस्तै, चालु आवको मंसिर मसान्तसम्ममा भारतबाट ११ करोड ९ लाख ८६ हजार रुपैयाँ बराबरका तीन पाङ्ग्रे इेलिक्ट्रक सवारी साधान आयात भएको छ ।

उक्त अवधिमा भारतबाट १ हजार ७६ थान सवारी आयात भएको हो । जसमध्ये १ करोड १८ लाख ८१ हजार रुपैयाँ बराबरको १८० थान सवारी भने जडान नगरिएका हुन् ।

भारतबाट तीन पाङ्ग्रे इेलेक्ट्रिक सवारी आयातबाट नेपाल सरकारले २ करोडठ ६८ लाख ७२ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

वि.सं.२०७८ पुस १२ सोमवार १३:४४ मा प्रकाशित

You can share this post!

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...