back
NMB ad

३ लाख ५० हजार छुटमा किन्ने होइन त नयाँ गाडी ? यस्तो छ डीएफएसकेको न्यू एयर अफर

Kumari bank ad

काठमडौं । डीएफएसके मोटर्सको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले नयाँ वर्ष विशेष अफर ल्याएको छ ।

कम्पनीले डीएफएसके ग्लोरी ५६० खरिदमा ३ लाख ५० हजार रुपैयाँ छुटको अफर ल्याएको हो । उक्त एसयुभीको मूल्य ५८ लाख ५० हजारदेखि ६४ लाख ५० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

डीएफएसकेको हाल बजारमा ग्लोरी ५६० सहित ग्लोरी ५८० र ग्लोरी आई– अटो गरी ३ मोडलका एसयुभी उपलब्ध छन् । चिनियाँ ब्रान्डको यो एसयुभीलाई कम्पनीले इन्डोनेशियाबाट आयत गरी कारोबार गर्दै आइरहेको छ ।

१५ सय सिसी क्षमताको यो एसयुभी आकर्षक लुक्स र आधुनिक फिचर्सका कारण लोकिप्रय बनिरहेको छ । यो गाडी १.५ लिटर पेट्रोल टर्वोचार्जड् इन्जिन, ४ सिलिण्डर, १६ भल्भ डीओएचसी र १ हजार ४९८ सीसी क्षमता साथै ६ स्पीड म्यानुअल (सीभीटी) ट्रन्समिसन, ५० लिटर इन्धन क्षमता रहेको छ ।

उक्त गाडीमा सुरक्षा प्रणाली डबल एयरब्याग, एबीएस, इबीएस र इबीडी रहेको छ । यसका साथै ४ ह्वेल डिस्क ब्रेकर, पार्किङ सेन्सर, अटो क्र्यास अनलक लगायतका सुविधासहितको फिचर रहेका छन् ।

यसको ग्राउण्ड क्लिरियन्स २ सय एमएम, १.५ टर्वो डिस्प्लेमेन्ट, ह्वेल बेस २६९० एमएम रहेको छ ।
यो सबैभन्दा राम्रो ठुलो क्याबिन भएको गाडी हो ।

आरामदायी सीटहरु भएकोले पनि लामो यात्राका लागि पनि उपयुक्त मानिएको छ । हाल डिएफएसके ग्लोरी ५६० रातो, सेतो, चाँदी, कालो र निलो रङ्गमा उपलब्ध रहेको छ ।

वि.सं.२०७८ पुस १३ मंगलवार १४:०७ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...