back
NMB ad

कोभिडका कारण लकडाउन गरिएको सियान सहरमा खाद्यन्न अभाव

Kumari bank ad

बेइजिङ । कोभिडका कारण यसै साता लकडाउन घोषणा गरिएको चीनको पश्चिमी क्षेत्रमा अवस्थित सियान सहरमा खाद्यन्न अभाव भएको छ । सियानमा खाद्यन्न र अन्य अत्यावश्यक सामानको हाहाकार भएको त्यहाँका वासिन्दाले गुनासो गर्न थालेका छन् । सन् २०१९ को ३१ डिसेम्बरमा सर्वप्रथम वुहानमा कोभिड देखिपछि चीनले संक्रमण रोक्न विभिन्न उपाय अवलम्बन गर्दै आएको छ ।

लकडाउनका कारण आफूहरुले पर्याप्त खाद्यन्न नपाएको सियानका स्थानीयले बताएको अन्तर्राष्ट्रिय सञ्चार मध्यामहरुले जनाएका छन् । स्थानीय प्रशासनका केही व्यक्तिले निकै थोरै परिमाणमा खाद्य सामाग्री दिने गरेको सो सहरकी वासिन्दा आदा झाओले गुनासो गरेकी छिन् ।

आफूले दुई दिनदेखि खानेकुरा नपाएको अर्की स्थानीय महिलाले गुनासो गरेकी छिन् । ‘हाम्रो समुदायमा अत्यावश्यक सामाग्रीको वितरणबारे केही जानाकारी दिइएको छैन । हामीले कसरी संग्रह गर्न सक्छौं , रु’ उनले प्रश्न गरिन् ।

१ करोड २० लाख जनसंख्या भएको सियानमा अत्यावश्यक आपूर्तिमा पर्याप्त पहुँच भएको त्यहाँको वाणिज्य मन्त्रालयले दाबी गरेको छ । त्यस्तै, बेइजिङले सियानमा खाद्यन्न अभाव नभएको जनाउँदै आएको छ ।

वि.सं.२०७८ पुस १६ शुक्रवार ०८:५३ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...