back
NMB ad

छुट्ला है ५ कम्पनीको लाभांश: सुरक्षित गर्ने भोलि अन्तिम मौका, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात आइतबार विभिन्न पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

पुस १८ गते अर्थात आइतबार सेञ्चुरी कमर्सियल बैंकसहित पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

आइतबार सेञ्चुरी कमर्सियल बैंक, मिर्मिरे लघुवित्त, मिथिला लघुवित्त, प्रोग्रेशिभ फाइनान्स र कालिका पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी पाँच वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १९ गते सोमबार बुक क्लोज गर्दैछन् । त्यसकारण आइतबारसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई ५. ७५ प्रतिशत बोनस सेयर र ०.३० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि बैंकले पुस ३० गत साधारण सभा बोलाएको छ ।

आउँदो सोमबार अर्थात पुस १९ गतेदेखि २९गतेसम्म बुक क्लोज गर्न लागेको मिर्मिरे लघुवित्तले भने गत आवको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते सभा डोकेको छ ।

यस्तै, मिथिला लघुवित्तले पनि सोमबार बुक क्लोज गर्दैछ । पुस १८ गते (आइतवार) सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते सभा बोलाएको छ ।

त्यसैगरि प्रोगेशिभ फाइनान्स कम्पनीले पनि पुस १९ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण आइतवारसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते सभा गर्ने भएको छ ।

यता, कालिका पावर कम्पनीले पनि साधारण सभा प्रयोजनको लागि पुस १९ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्नेभएको छ । त्यसकारण पुस १८ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते सभा बोलाएको छ ।

वि.सं.२०७८ पुस १७ शनिवार १८:५५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...