back
NMB ad

एनएमबि लघुवित्तको साधारण सभा पुस २६ गते, लाभांश पारित गर्ने मुख्य एजेण्डा

Kumari bank ad

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले आउँदो पुस २६ गते सभा गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश वितरण गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २१.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आव २०७८/७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेछ ।

सभामा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त घ वर्गका अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने/गाभिने वा प्राप्ति सम्वन्धी प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने/गाभ्ने वा प्राप्ति सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्नेछ ।

वि.सं.२०७८ पुस १८ आइतवार ११:३० मा प्रकाशित

You can share this post!

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन, पानीको अभाव हुन सक्ने चेतावनी     

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन, पानीको अभाव हुन सक्ने चेतावनी     

वि.सं.२०८१ जेठ १६ बुधवार १२:१९

नयाँ दिल्ली, १६ जेठ : भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम...

नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना   

नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना   

वि.सं.२०८१ जेठ १६ बुधवार १२:०७

मुस्ताङ, १६ जेठ : व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र...

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान   

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान   

वि.सं.२०८१ जेठ १६ बुधवार १२:००

काठमाडौँ, १६ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न...

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

वि.सं.२०८१ जेठ १६ बुधवार ११:१०

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट...

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ १६ बुधवार ११:०२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ महँगिएको छ...

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ जेठ १६ बुधवार १०:४१

काठमाडौं ।  भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने...