back
NMB ad

सोरु गाँउपालिकाको स्वास्थ्य चौकीमा सिटामोल पनि सकियो

Kumari bank ad

मुगु । हिमाली जिल्ला मुगुको सोरु गाँउपालिकाअन्तर्गतका स्वास्थ्य चौकीमा सिटामोल समेत पाइन छाडेको छ । ‍औषधि अभावका कारण उपचारका लागि चौकीमा आएका बिरामीहरू उपचारविनै फर्कने गरेका छन् ।

विभिन्न तहका सरकारले हरेक वर्ष स्वास्थ्य क्षेत्र र औषाधि खरिदमा लखौँ बजेट विनियोनज गरे पनि सोरु गाँउपालिकाहरूमा वर्षैभरि औषाधि अभाव भइरहने सोरु गाँउपालिका(६ सोरुकोटका बलिराज शाहीले बताए । जसका कारण दुर्गमका सर्वसाधारण सामान्य बिरामी हुँदा समेत ज्यान गुमाउन बाध्य छन् ।

स्वास्थ्य चौकी नार्थपुका अहेब टिकाराज आर्यायका अनुसार गाउँपालिकाबाट आउने औषधिले गत बर्ष जम्मा तीन महिना पुगेको थियो । यो वर्ष अहिलेसम्म कुनै पनि तहको सरकारबाट औषधि आएको छैन । अब त सिटामोलसम्म पनि बाँकी नरहेको उनको भनाइ छ ।

औषधिका लागि धेरै पटक पालिकासँग माग गरे पनि नपाएको उनले बताए । चौकीमा कहिलेकाही सुत्केरी गराउन आउँदा समेत प्रर्याप्त सामाग्री अभाव हुने गरेको उनले बताए । विधुत नहुँदा मोबाइलको लाइट बालेर सुत्केरी गराउन बाध्य छौ‌, स्वास्थ्य चौकी नार्थपुका अहेब आर्यायले भने । उनका अनुसार औषधिको अभावले स्टोर पनि खाली भएको छ ।

सोरु गाउँपालिका स्वास्थ्य शाखाका संयोजक कर्णबहादुर सावतका अनुसार आव २०७७/७८ मा खरिद गरेको औषधिले अहिलेसम्म काम चलेको छ । आव २०७८/०८९ को औषधि खरिद गर्न पालिकाबाट बजेट बिनियोजन गरे पनि प्रमुख प्रशासकीय अधिकृतहरूको फेरबदलले खाता सन्चालनलगायत नहुँदा पालिकाभित्र औषधिको चरम अभाव भएको हो । खड्क सुनार,न्युज कारखाना

वि.सं.२०७८ पुस १८ आइतवार १३:४१ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...