back
NMB ad

सेयर बजारमा रौनकता : ५ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति बिक्यो सेयर ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ । आइतबार बजार दोहोरो अंक अर्थात ६०.४१ अंकले वृद्धि भएको हो ।

२.३९ प्रतिशतले बजार वृद्धि भएको उक्त दिन परिसुचक २५८४.९१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन ४ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी हिमालयन डिष्टीलरीको ४४ करोड ९४ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको १ लाख ५ हजार १९३ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ४ हजार ३१८ रुपैयाँ कायम भएको छ ।

यस्तै, कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको २९ करोड ७० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । बैंकको आज २ लाख ६३ हजार ८४५ कित्ता सेयर किनबेच भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता १ हजार १४४ रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन शिवम् सिमेन्टको २३ करोड ४९ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज १ लाख ५५ हजार ४७७ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य भने १ हजार ५२६ रुपैयाँ पुगेको छ ।

त्यसैगरि नेपाल बंगलादेश बैंकको पनि १८ करोड ९२ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको आज ४ लाख ६५ हजार ७२७ कित्ता सेयर किनबेच भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता ४०८ रुपैयाँ कायम भएको छ ।

यस्तै, अपि पावर १७ करोड ३७ लाख ४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको ३ लाख ७७ हजार ९१८ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेियर मूल्य भने ४६७ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ पुस १८ आइतवार १६:२३ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...