back
NMB ad

ग्राण्ड बैंक डुवाएर प्राइम लाइफमा पुगेका भट्टराईद्वारा करोडौँको घोटला, कारबाहीको तयारीमा बीमा समिति

Kumari bank ad

काठमाडौँ । ग्राण्ड बैंक डुवाएर बीमा क्षेत्रमा प्रवेश गरेका प्राइम लाइफ इन्स्योरेन्सका सिइओ मनोजकुमार भट्टराईलाई करोडौंको घोटलामा मुछिए पछि बीमा समितिले कार्वाहीको तयारी गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्समा २९ जना नक्कली कर्मचारी खडागरी तीन करोड बढी रकम निकासा लिएको तथ्य बाहिरिएपछि छानविन समिति बनाएर कार्वाहीको प्रकृया अगाडी बढाएको बीमा समितिले अनाधिकृत निकासा लिएको प्रमाण फेला पारेको थियो ।

छानविन समितिको प्रतिवेदनको आधारमा समितिले रकम हिनामिना गरेकोको अभियोगमा प्राइम लाइफ र त्यसको उच्च व्यवस्थापनलाई किन कार्वाही नगर्ने भनेर सात दिनको म्याद दिएर स्पष्टिकरण सोधेको थियो । कम्पनीले स्पष्टिकरणको जवाफ आज (सोमबार) समितिमा पेश गरेको छ ।

छानविन समितिका संयोजक समेत रहेका बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले इन्स्योरेन्स कम्पनीले आज जवाफ पठाएको पुष्टि गरे । पौडेलले भने “हामीले एक हप्ताको समय दिएर किन कारबाही नगर्ने भनी स्पष्टिकरण सोधेका थियौँ । आज लिखित जवाफ आइसकेको छ, समितिको बैठक बसी उक्त जवाफ हरेर अगाडी बढ्नेछौँ ।’

जवाफ चित्त बुझ्दो नभए के हुन्छ कारबाही ?

यस्तो प्रकरणमा एक हप्ता भित्रमा सप्रमाण जवाफ नबुझाए बीमा ऐन– ४९ को दफा ३६ को उपदफा १ बमोजिम कारवाही गर्ने बीमा समितिले निर्णय गरेको छ ।

उक्त बीमा ऐन–४९ दफा ३६ को उपदफा १ मा “कुनै बीमक वा बिमकको संचाल, कर्मचारी वा सर्भेयर, दलाल वा बीमा अभिकर्ताले यो ऐन वा यस अन्तर्गत बनेको नियम वा आदेश वा निर्देशनको जानीजानी उल्लङघन गरेमा वा आफूले गर्नु पर्ने कुनै काम कारवाही नगरेमा वा गर्न नहुने काम कारवाही गरेमा त्यस्तो बीमक वा संचालक, कर्मचारी वा सर्भेयर, दलाल वा बिमा अभिकर्तालाई समितिले तीन हजारदेखि दश हजार रुपैँया जरिवाना गर्न सक्दछ र त्यस्तो कसूर पटक पटक गरेमा प्रत्येक पटकको लागि निजलाई पाँचसय रुपैयाँका दरले थप जरिवाना हुनेछ ।” भन्ने कुरा उल्लेख गरिएको छ ।

के हो भट्टराई मुछिएको तीन करोडको घोटला ?

कुरा चार वर्ष अगाडीको हो । नक्कली कर्मचारीको विवरण बनाएर करोडौँ घोटला गरेका तथ्यहरु बाहिरिए पछि बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले यसको छानबीन सुरु गरेको थियो ।
करिब चार वर्ष पछि समितिको छानबिन टोलीले कम्पनीले आर्थिक वर्ष २०७४÷०७५ र आर्थिक वर्ष २०७५÷०७६ मा करारमा २९ जना कर्मचारी नियुक्त गरेको तर उनीहरुले कार्यालयमा कुनै पनि काम नगरेको, यद्यपी उनीहरुको नाममा तलब निकासा भएको पुष्टि गरेको हो ।

ग्राण्ड बैंक डुब्दा उप–महाप्रबन्धक थिए भट्टराई

तत्कालिन ग्राण्ड बैंक डुब्दा बैंकको उप–महाप्रबन्धकमा भट्टराई थिए । डिजीएम जस्तो गरिमामय व्यवस्थापकीय पदमा जो कोही रहेको भएपनि त्यो समयमा कम्पनी डुब्नुले उसको व्यवस्थापकीय पक्ष अर्थात कार्यक्षमता प्रश्न चिन्ह लाग्ने नै भयो ।

भट्टराईसहित तत्कालिन ग्राण्ड बैंकको व्यावस्थापकीय समूहको खराबीको कारण डुबेको बैंकलाई प्रभु बैंकले किनेको थियो । ग्राण्डको १५ वर्षे यात्रा समाप्त हुँदै गर्दा नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई मर्जरको लागि ०७२ साल माघ ४ गते मर्जरको निम्ति अन्तिम स्विकृती दिएपछि एक्वीजीसन प्रकृयाबाट सुरु भएको गाभिने प्रकृया मर्जरमा टुंगीएर ग्राण्ड प्रभुमा गाभिएको हो । यद्यपी प्रभुको नामबाट भने संयुक्त रुपमा ०७२ माघ २९ गतेबाट कारोबार सुरु भएको थियो ।
ग्राण्डको अस्तित्व सकाएर भट्टराई प्राईम लाईफमा आएका थिए भने ग्राण्डका तत्कालिन सिईओ सुधिर खत्री भने अझै फरार छन् । बैंक डुबाएर विदेशिएका खत्री अहिले पनि अमेरीकामा रहेको पाइएको छ ।

यसो त भट्टराई प्राइम लाईफमा अहिले दोस्रो कार्यकालको पनि अन्तिम तिर छन् । उनी ०७५ को असारमा पहिलो ४ वर्षे कार्यकाल सकेर सोही साउनको १ गतेदेखि कायम हुनेगरी पुनः दोस्रो कार्यकालको लागि निरन्तरता पाएका थिए । आगामी असार मसान्तसँगै उनको प्राइममा दोस्रो कार्यकाल सकिंदै छ । उनी प्राइम लाईफमा पनि लविङ गरेर आएको जानकारहरु बताउँछन् ।

र, यो पनि

प्राईम लाईफले फर्जी कर्मचारी बनाई भत्ता बुझेको पुष्टि

वि.सं.२०७८ पुस १९ सोमवार १७:१९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...