back
NMB ad

२१ नक्कली डाक्टर धरौटीमा रिहा, क–कसलाई बुझाइयो अख्तियारमा ?

Kumari bank ad

काठमाडौं । प्रहरीले पक्राउ गरेका ३६ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकमध्ये २१ जना  छुटेका छन् । तीनजनालाई प्रहरीले अख्तियारमा बुझाएको छ भने धरौटी बुझाउन नसक्दा चारजना जेल चलान भएका छन् । मुद्दा चलाइएकामध्ये सबैलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । कुनै जिल्लामा प्रहरीको मागदाबीअनुसार नै धरौटी माग भएको छ भने केही जिल्लामा  सामान्य मात्र धरौटी माग भएको छ ।

कसलाई कति धरौटी ?

काठमाडौंमा पक्राउ परेका चारजना नक्कली प्रमाणपत्र भएका चिकित्सक पनि सामान्य धरौटीमै छुटेका छन् । अरुण गुप्ता र गणेश साह एक–एक लाख तथा बुद्धि श्रेष्ठ र विनिता मण्डल ५०–५० हजार रुपैयाा धरौटीमा छुटेका छन् । उनीहरूमध्ये गुप्ताविरुद्ध ८१ लाखको बिगो दाबी गरी मुद्दा  दायर गरिएको थियो । उनीविरुद्ध तीन  बिरामीले उजुरी दिएका छन् । काठमाडौंमा पक्राउ परेकामध्ये थप दुईजनाविरुद्ध सोमबार मुद्दा दायर भएको छ । अन्य ६ जनाविरुद्ध मंगलबार सिआइबीले मुद्दा दायर गर्ने तयारी गरेको छ ।

पोखरामा पक्राउ परेका महेश्वर राय यादव र सुनसरीका मनीष अर्याल धरौटी तिर्न नसक्दा जेल चलान भएका छन् । यादवलाई सात लाख र अर्याललाई ३२ लाख २५ हजार धरौटी माग भएको थियो ।

त्यस्तै, जिल्ला अदालत पर्साले वीरगन्जमा पक्राउ परेका आठजना चिकित्सकसाग धरौटी माग गरेको छ । जसमध्ये ६ जना धरौटी तिरेर छुटेका छन् भने दुईजना थुनामै छन् । वीरगन्जका पन्नालाल पटेल र मोहम्मद रुहुल्ला धरौटी बुझाउन नसक्दा थुनामै रहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी राजुबाबु श्रेष्ठले बताए । धरौटी तिर्न नसकेका पटेल र रुहुल्ला जेल जानुपर्ने भएपछि बिरामी भएको नाटक गरेर अस्पतालको आइसियूमा भर्ना भएका छन् ।

क–कसलाई बुझाइयो अख्तियार ?

पक्राउ परेकामध्ये तीन नक्कली डाक्टरलाई प्रहरीले अख्तियारमा बुझाएको छ । सुनील आचार्य, रजनी अग्रवाल र रामजी यादवलाई अख्तियारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी वसन्त कुँवरले बताए । आचार्य प्रसूति अस्पताल थापाथली, अग्रवाल बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स र यादव जनकपुर अञ्चल अस्पतालमा काम गर्थे । पक्राउ परेकामध्ये १४ नक्कली डाक्टरले सरकारी अस्पतालमा काम गरेकाले उनीहरूमाथि अख्तियारले मुद्दा दायर गर्न लागेको हो ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ असार २१

वि.सं.२०७३ असार २१ मंगलवार ०९:५८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...