
काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतालाई जिम्मेवारी नै तोकेर सरकारका कामको अनुगमन सुरु गरेको छ ।
सडक र सदनमा प्रमुख प्रतिपक्षीको भूमिका कमजोर बन्दै गएको गुनासो पार्टीभित्रै उठिरहेका बेला कांग्रेसले विभिन्न १२ विषयगत समिति बनाएर सरकारको निगरानी थालेको हो ।
सरकारले लोकतान्त्रिक मूल्य मान्यताविपरित विधेयक निर्माण गर्नुका साथै भूकम्प प्रभावित जनतालाई राहत वितरणमा ढिलाइ र कालोबजारीलाई प्रोत्साहन गरेको कांग्रेसको आरोप छ ।
‘सरकारले गरेका कामको अनुगमन गर्न तीनरचारवटा मन्त्रालय एउटैले हेर्ने गरी जिम्मेवारी तोकिएको छ,’ कांग्रेस सांसद मोहन बरालले भने, ‘कार्यविभाजन गरेर सबै मन्त्रालयको काम अनुगमन प्रभावकारी बनाउँछौं ।’
कांग्रेस संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सरकारी कामको प्रभावकारी अनुगमन गर्न विषयगत समितिका संयोजकलाई निर्देशन दिएका छन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार समिति संयोजकको बैठकमा निर्देशन दिँदै उनले जनताको पक्षमा काम गर्न पार्टीको सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने भनाई राखे । नागरिक दैनिकमा खबर छ ।
प्रकाशितः २०७३ असार २१
वि.सं.२०७३ असार २१ मंगलवार १०:०९ मा प्रकाशित