back
NMB ad

यी दुई कम्पनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको बोनस सेयर कति ?

Kumari bank ad

काठमाडौं । आज दुई कम्पनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

आज श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २२ गते बिहीबार बुक क्लोज गर्न लागेका छनु । योसँगै पुस २१ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७.७० प्रतिशत बोनस सेयर र करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ ।

यस्तै, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले पनि साधारण सभा प्रयोजनका लागि पुस २२ गते बिहीबार बुक क्लोज गर्ने भएको छ । योसंगै आज अर्थात बुधवारसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा डाकेको छ ।

वि.सं.२०७८ पुस २१ बुधवार ०८:०३ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...