back
NMB ad

तरकारी बजार अनुगमन गर्न गएका टोलीमाथि व्यापारीकोे आक्रमण !

Kumari bank ad

काठमाण्डौं । बल्खु तरकारी बजारमा रहेका अधिकांश ढक तराजु गुणस्तर नापतौल विभागले प्रमाणित नगरेको पाइएपछि आपूर्ति मन्त्रालयको अनुगमन टोली र व्यापारीबीच झडप भएको छ । अनुगमन टोलीले नापतौल विभागबाट प्रमाणित नगरिएका ढक तराजु उठाएपछि व्यापारीहरुले आक्रमण गरेका हुन् ।

उनीहरुले आफूहरुलाई थाहा नै नदिइ अनुगमनमा आएको भन्दै अनुगमन टोलीलाई अवरोध गरेको आपूर्ति मन्त्री गणेशमान पुनका स्वकीय सचिव अर्जुनकुमार पाठकले बताए । अधिकांश ढकतराजु प्रमाणीत नभएको पाइपछि कारबाही गर्न लाग्दा व्यापारीहरुले तरकारी र पानीको बोत्तलले अनुगमन टोलीलाई हानेका थिए । प्रहरीको थप उपस्थिति बढेपछि दुबै पक्षवीच अहिले छलफल भइरहेको छ ।

व्यापारीहरुले एक हप्ताभित्र नापतौल विभागबाट प्रमाणित गराउने भन्दै ढकरतराजु जफत नगर्न समेत माग गरिरहेका छन् । अहिले त्यस विषयमा अनुगमन टोली र व्यापारीहरुवीच वार्ता भइरहेको छ ।

उनीहरुले यसअघि ढक तराजुमा नापतौल विभागले प्रमाणित गर्नुपर्छ भन्ने थाहा नभएको बताएका छन् ।

तरकारीमा उपभोक्ता ठगिएको, बजारमा विषाक्त तरकारी आएको गुनासो बढेपछि आपूर्ति मन्त्री गणेशमान पुन सहितको टोलीले आज तरकारी बजार अनुगमन गरिरहेको छ ।

२१ असार २०७३, ११।००, अनलाईन खबर

वि.सं.२०७३ असार २१ मंगलवार १२:१२ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...