back
NMB ad

एनएमबि बैंकसहित ३ कम्पनीको साधारण सभा हुँदै, लाभांश पारित गर्ने मुख्य एजेण्डा

Kumari bank ad

काठमाडौं । बिहीबार एनएमबि बैंकसहित तीन कम्पनीको साधारण सभा हुँदैछ ।

आज एनएमबि बैंक, नेपाल पुनर्बीमा कम्पनी र हाइड्रोइलेक्ट्रीसी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले सभा गर्न लागेका हुन् ।

यी तीनै कम्पनीहरुको साधारण सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

एनएमबि बैंक : बिहीबार एनएमबि बैंकको २६औं वार्षिक साधारण सभा हुँदैछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमध्ये बैंकले सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित, र आव २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित हुने छ ।

 सभा प्रयोजनका लागि बैंकले पुस ७ गते बुक क्लोज गरिसकेको छ ।

नेपाल पुनर्बीमा कम्पनी : नेपाल पुनर्बीमा कम्पनीले पनि बिहीबार छैठौं वार्षिक साधारण सभा गर्दैछ ।

सभाले आव २०७६/७७ को मुनाफाबाट १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गरेको छ । पुुस १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

एचआईडिसीएल : एचआईडिसीएलले १०औं वार्षिक साधारण सभा पनि बिहीबार हुँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार काठमाडौंमा बिहान ९ बजे हुनेछ ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गरेको हो । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

वि.सं.२०७८ पुस २२ बिहीवार ११:०२ मा प्रकाशित

You can share this post!

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:३४

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्...

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:२१

मार्सेली (फ्रान्स), २७ वैशाख : स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट...

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:१३

काठमाडौँ, २७ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर...

बागमती प्रदेश सरकारद्वारा ३८.९२ प्रतिशत बजेट खर्च   

बागमती प्रदेश सरकारद्वारा ३८.९२ प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:०७

बागमती, २७ वैशाख : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष...

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या   

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:५४

गोरखा, २७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु...

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:३२

किभ, २७ वैशाख : युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी...