back
NMB ad

वैदेशिक रोजगारबाट फर्किएर कालिज पालन गर्दै हमाल

Kumari bank ad

उदयपुर । उदयपुरको कटारी नगरपालिका-५ भुल्केका चुडामणि हमाल वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक कालिज पालनमा लागेका छन् । तीन वर्ष मलेसियामा बसेर फर्किएपछि कालिज फर्म सञ्चालन गरेका हुन् ।

कटारी नगरपालिका- ५ भुल्केमा स्थानीय गोपाल कार्कीको दुई बिघा जग्गा भाडा लिएर आनन्दराज कालिज तथा कृषि फर्म दर्ता गरी हमालले व्यावसायिक कालिज फर्म सञ्चालनमा ल्याएका हुन् ।

२०७८ वैशाखबाट आनन्दराज कालिज तथा कृषि फर्म दर्ता गरी सञ्चालनमा आएको हो । २०७२ सालमा मलेसियामा वैदेशिक रोजगारमा गएका हमालले त्यहाँ तीन वर्ष बिताएर फर्किएका हुन् । उनले मलेसियामा दैनिक १४ घन्टा काममा खटिनुपर्ने काम गरेअनुसार पैसा नदिने बताए । दैनिक १४ घन्टासम्म उभिएर काम गर्दा स्वास्थ्यमा समस्या आउने उनको भनाइ थियो ।

नौ महिनाअघि कालिज पालनमा लागेका उनले अहिले फर्ममा कालिज पालनदेखि ह्याचरीमार्फत बच्चा उत्पादन, कालिजकै परिकार पाइने कालिज रेष्टुरेन्ट सञ्चालन गर्ने तयारीमा जुटेका छन् । रेष्टुरेन्टका लागि मदन भण्डारी लोकमार्गमा पर्ने भुल्केमा तयारी भइरहेको उनले बताए ।

‘कालिज फर्मदेखि बच्चा उत्पादनको गर्ने तयारीमा छौं । अब कालिजको मात्र विभिन्न परिवार पाइने गरी रेष्टुरेन्ट खोल्ने तयारी भइरहेको छ’, उनले भने, ‘यता व्यवसायलाई सपोर्टसँगै कालिजको मासु खाने इच्छुकलाई सहजसमेत हुनेछ ।’ उनले अन्य व्यवसायभन्दा केही फरक व्यवसाय गरौं भन्ने सोच र सानैदेखि कालिजप्रतिको आकर्षणले गर्दा आफूले कटारी नगरपालिका(५ भुल्केमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक कालिज पालनमा लागेको बताए ।

उनले वार्षिक ४० हजार बढी भाडा तिर्ने गरेका छन् । फर्ममा कालिजसँगै, लोकल कुखुरा, बाख्रापालन र तरकारी उत्पादनको काम गर्दै आएका छन् । ‘वैदेशिक रोजगारीमा जानुभन्दा नेपालमै केही गर्नुपर्छ भनेर योजना बनाउँदै जाँदा कालिज पालनमा लागेको हुँ’, उनले भने, ‘अहिले कालिज पालनसँगै बच्चा उत्पादनका लागि ह्याचरी सञ्चालनको तयारीमा छौं । राम्रो भइरहेको छ । सन्तुष्ट छु ।।’ फर्ममा उत्पादन भएका कालिज कटारीलगायत जिल्ला बाहिर काठमाडौंसम्म पठाउने गरेका छन् । फर्ममा दुईजनालाई रोजगारीसमेत दिएका छन् ।

त्यसैगरी कालिजका लागि बर्सिम, जै, नेपियरलगायतको घाँस खेतीसमेत गर्ने सोचमा रहेको उनले बताए । ‘कालिजले दानासँगै घाँस पनि खाने गर्दछ । त्यसका लागि घाँस खेती पनि गर्नु पर्दछ, उनले भने, ‘कालिज पंक्षी भए पनि घाँस खाने गर्दछ ।’ उनले १५ लाखको लगानीमा तीन सय ७५ कालिजको बच्चा पालेर व्यवसाय सुरु गरेको व्यवसाय अहिले फस्टाउँदै मात्र गएको छैन, काजिलसम्बन्धी अन्य व्यवसायसमेत थप्दै गएका छन् ।

व्यवसाय सुरु गरेको एक वर्ष नबित्दै उनले आफ्नो व्यवसायबाट निकै सन्तुष्ट र खुसी छन् । उनले जिउँदो कालिज प्रति गोटा तीन हजार रुपैयाँमा बिक्री गरेका छन् । ईश्वर तामाङ,न्युज कारखाना

वि.सं.२०७८ पुस २२ बिहीवार ११:४४ मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...