back
NMB ad

पर्यटन क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीका दुई संगठन एकता गर्ने निर्णय

Kumari bank ad

काठमाडौं । पर्यटन क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीका दुई संगठन अब एक हुने भएको छन् ।

नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र राष्ट्रिय पर्यटन व्यवसायी संगठन नेपालको संयुक्त सचिवालयको भेलाले एकता गर्ने निर्णय गरेको हो ।

निर्णयपछि यथाशीघ्र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको तेस्रो महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।

मंगलवार राजधानीमा सम्पन्न दुवै व्यवसायी संगठनको भेला नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष घनेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

भेलाका प्रमुख अतिथि नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका अध्यक्ष एलबी साँवा लिम्बु, विशेष अतिथि नेकपा एमाले उद्योग व्यवसायी विशेष जिल्ला कमिटीका अध्यक्ष तथा नेपाल पर्यटन व्यवसायी संगठनका पूर्व अध्यक्ष चन्द्रप्रसाद रिजाल र अतिथि नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका उपाध्यक्ष तथा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका ईन्चार्ज सीएन पाण्डे र नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका महासचिव भागिरथ सापकोटा समेतको उपस्थिति थियो ।

भेलाले दुवै संगठनका पदाधिकारी तथा केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यलाई आयोजक कमिटीमा परिणत गर्ने र महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

नयाँ गठन हुने संस्थाको आयोजक कमिटीका संयोजक पूर्ण कुवँर, सहसंयोजक राजेन्द्रप्रसाद सापकोटा र यमबहादुर खड्का सदस्य सचिव रहने गरी दुवै संगठनका सचिवालय सदस्यहरूलाई एकीकृत गरी सचिवालय गठन गर्ने निर्णय भएको पनि भेलामा सहभागी व्यवसायीले बताएका छन् ।

समन्वयन समिति घनेन्द्र बहादुर श्रेष्ठ,सीताराम शापकोटा,सि एन पाण्डे,चन्द्र रीजाल,पुर्ण बहादुर कुवर,राजेन्द्र प्रसाद शापकोटा आर्थिक ब्यबस्थापन कमिटी मा संयोजक कलाधर बराल सह–संयोजक मा लीला बहादुर लामा सदस्यमा यम बहादुर खड्का,आङग पेम्वा शेर्पा, कुमार श्रेष्ठ रहने बताइएको छ ।

वि.सं.२०७८ पुस २२ बिहीवार ०७:३३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...