back
NMB ad

ए डिभिजन लिग : संकटा र सातदोबाटोको बराबरी

Kumari bank ad

काठमाडौं । संकटा क्लबले शुक्रबार सहिद स्मारक ए डिभिजन लिगमा नव प्रवेशी सातदोबाटो युथसँग १-१ को बराबरी खेलेको छ ।

यससँगै संकटाले शीर्ष स्थानका मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबसँग अंक दूरी घटाउने मौका गुमाएको छ ।

बराबरीपछि संकटा १४ अंकका साथ तेस्रो स्थानमा यथावत छ । शुक्रबार जितेको भए संकटाले दोस्रो स्थानको मनाङसँग अंक बराबर गर्ने थियो । तर, बराबरीपछि त्यो मौका गुमायो । मछिन्द्र १७ अंकका साथ शीर्ष स्थानमा छ ।

मनाङले शनिबार पोखरा रंगशालामा च्यासल युथविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने मछिन्द्रले पुछारको फ्रेण्ड्सविरुद्ध खेल्नेछ । बराबरीपछि सातदोबाटो भने ९ अंकका साथ आठौं स्थानमा यथावत छ ।

सातदोबाटोले विपक्षी गोलकिपर राजाबाबु थापाले गरेको गल्तीको फाइदा उठाउँदै २३औं मिनेटमा अग्रता लिएको थियो । संकटाका रक्षक निरज बस्नेतले दिएको ब्याक पासलाई गोलकिपर राजाबाबुले राम्रोसँग क्लियर गर्न सकेनन् । राजाबाबुले सातदोबाटो युथका दीपकराज सिंह ठकुरीलाई छलाएर क्लियर गर्न लाग्दा चिप्लिएर लडे । त्यसपछि प्रहार गरेको बल सातदोबाटोकै फरवार्ड सुशील राईको छातीमा लागेर पोष्ट भित्र छिर्‍यो ।

३०औं मिनेटमा सातदोबाटोका सुदीप गुरुङ आभागी बने । दीपकराजले दिएको ब्याक पासमा सुदीपले २३ यार्डबाट हानेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

त्यसको दुई मिनेट बित्न नपाउँदै संकटाका जया गुरुङले बराबरी गोल फर्काए । ३२औं मिनेटमा दीपेश आलेमगरको पासमा जय गुरुङले २५ यार्डबाट दोस्रो बार च्यापेर हानेको लामो प्रहारलाई सातदोबाटोका गोलकिपर अविशेक बरालले रोक्न सकेनन् ।

दोस्रो हाफमा सातदोबाटोले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य भयो ।

वि.सं.२०७८ पुस २३ शुक्रवार १५:१८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...