back
NMB ad

नेपाल इन्भेष्टमेन्ट बैंकसंग मर्जरको तयारीमा रहेको हिमालयन बैंकले निकाल्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले सेयरधनीहरुलाई डिम्याट खाता नम्बर/सेयर परिचय नम्बर खुलाई वार्षिक साधारण सभामा उपस्थित हुन अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै बैंकले २९औं वार्षिक साधारण सभामा फर्म/कम्पनीका तर्फबाट उपस्थित हुने संस्थापक/साधारण सेयरधनीहरुले डिम्याट खाता नम्बर/सेयर परिचय नम्बर खुलाई आफ्नो कम्पनीको आधिकारिक पत्र मार्फत अख्तियारी लिई उपस्थित हुन अुनरोध गरेको हो ।

बैंकले आउँदो पुस ३० गते वार्षिक साधारण सभा डाकेको छ । सभामा बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई गाभ्ने एजेण्डा पेश गर्ने भएको छ ।

बैंकले गत आर्थिक बर्षमा नै इन्भेष्टमेन्ट बैंकसँग मर्ज गर्ने योजना बनाएपनि अध्यक्ष प्रचण्डमान श्रेष्ठका कारण मर्जरले लामो समय लिएको छ ।

गत मंसिरमा नै बैंकहरुले मर्जरका लागि लिएको समयसिमा सकिएका कारण नेपाल राष्ट्र बैंकमा समय थपका लागि पत्र पठाएका थिए । केन्द्रिय बैंकले जसरी पनि विग मर्जर गर्नैपर्ने भएका कारण समय थपिदिएको थियो ।

त्यसैले पनि बैंकले साधारणसभाबाट नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज गराउने एजेन्डा पारित गराउन लागेको हो ।

यस्तै सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पातिर गर्नेछ ।

बोनस सेयरपछि चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँले बढेर १० अर्ब ६८ करोड पुग्ने छ ।बैंकले मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्ने अधिकार सञ्चालक समितिलाई दिइने एजेण्डा पनि लैजानेछ ।

सभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।

वि.सं.२०७८ पुस २५ आइतवार ११:३६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...