back
NMB ad

मापदण्ड पालना गर्दै पर्यटनलाई चलायमान बनाउन व्यवसायीहरुको माग

Kumari bank ad

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ ।

साथै बोर्डले यो बीचमा आफुले गरेका काममहरुबारे जानकारी दिँदै नयाँ परिस्थतीमा कसरी जाने भन्नेबारे निजी क्षेत्रसँग सुझाव लिएको छ ।

कार्यक्रममा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीहरुले स्वास्थ्य मापदण्डहरुको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनु पर्ने सुझाव दिएका छन् ।

कोरोना संक्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशायी भएको भन्दै त्यस्ता निर्णय सरकारसँग आग्रह समेत गरेका छन् ।

उनीहरुले संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने, तथा खोपलाई प्रभावकाररुी बनाउँदै पर्यटनलाई चलाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले विगतमा कोभिडको संक्रमण र सीमित स्रोत र साधनकोका बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो । उहाँले फेरि कोभिडको नयाँ संक्रमण बढिरहेको सनर्दभमा निजी क्षेत्रको सुझाव आवश्यक पर्ने भएकोले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सो अवसरमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् नाटाका अध्यक्ष अच्युत गुरागाईले कोभिड विरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताउनुभयो ।

पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डले बजार रणनीति परिवर्तन गर्न सुझाव दिनुभयो ।

यस्तै एक्सपिडिसन अपरेटर एशोसिएसनका अध्यष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिने लाहे थापाले जनसम्पर्क तथा प्रचार प्रसार, अर्का वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले आन्तरिक पर्यटन प्रर्वद्धन तथा योजना, कर्पोरेट निर्देशक सन्तोष पन्तले बोर्डको आय व्यको अवस्था,निर्देशक मणिराज लामिछानेले अनुसन्धान तथा पूर्वाभार विकास एवं निमित्त बजार निर्देशक लक्ष्मण गौतमले बोर्डले यो बीचमा गरेका बजार प्रवद्र्धनका बारेमा आफ्नो प्रस्तुतीकरण दिनु भएको थियो ।

कार्यक्रममा पर्यटनसंग सम्बन्धित नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा),टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (नाटा),प्यासिफिक एसिया ट्रावल एशोसिएसन (पाटा) एक्सपिडिसन अपरेटर एशोसिएसन लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधी सहभागीरहनु भएको थियो ।

वि.सं.२०७८ पुस २५ आइतवार १७:४० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...