back
NMB ad

गहिरो वित्तिय संकटसँगै बैंकक्रप्टको त्रासमा गुज्रदै श्रीलंका, नेपालले पनि पाठ सिक्ने कि ?

Kumari bank ad

एजेन्सी । श्रीलंका यतिवेला बैंकक्रप्ट (ऋण तिर्न नसक्ने अवस्था) हुने डरसँगै गहिरो वित्तिय र मानव संकटको सामान गरिरहेको छ । खाद्यान्नको मुल्यमा बृद्धि भएको छ, देशमा बैदेशिक मु्द्राको सञ्चिति दश बर्षयताकै न्युन रहेको छ भने पर्यटन उद्योग थला परेको छ । साच्चै भन्ने हो भने यतिवेला श्रीलंका अघोषित किसिमले आर्थिक रुपमा ‘टाट’ पल्टेको छ ।

बैदेशिक र आन्तरिक ऋण तिर्नका लागि सरकारले पैसा छाप्दा थप मुल्यबृद्धि भएको छ । सरकारी तथ्यांकमा ११.१ प्रतिशत भएपनि बास्तवमा त्यहाँको मुल्यबृद्धि २५ प्रतिशत माथि रहेको छ भने तरकारी तथा फलफुहरुको मुल्यबृद्धि ५० प्रतिशत नाघेको स्थानीयहरुको दावी छ ।
विश्व बैंकले कोरोनाका कारण श्रीलंकामा भएको लकडाउनमा ५ लाख मानिसहरु गरिवीको रेखामुनी धकेलिएको प्रक्षेपण गरेको थियो । सोही बराबर गत पाँच बर्षको अवधिमा भने गरिवीको रेखामुनीबाट जनता उम्कन सफल भएका थिए ।

प्रधानमन्त्री महेन्द्र राजापाक्षेले सेनालाई आपत्कालीन उद्धार तथा राहतमा खटाउने निर्णय बाहेक केही गर्न सकेका छैनन् । हाल सेनाले जनातालाई चाहिने अत्यावश्यक बस्तुहरु खाना, चिनी जस्ता सामानहरुको विक्रि गरिरहेको छ तर यसले जनताको पिडा कम गर्नको लागि मल्हमको काम गरेको भने गरेको छैन ।

जनताहरु आफूले लिएको व्यक्तिगत ऋण तिर्न, खानाको जोहो गर्नका लागि जागिर खोजिरहेका छन् । ‘यदी मैले विद्युत, पानी, खानको लागि रकम खर्च गरे भने मसँग पैसा रहदैन।’ कोलम्बोस्थित एक स्थानीयले द गार्जियनका रिपोर्टरसँगको कुराकानीमा भने । त्यस्तै उनले आफ्नो परिवारले दिनमा तीनछाकको सट्टा दुई छाक खाइरहेको दुखेसो पनि पोखेँ ।

श्रीलंकामा एक पाकेट पाउडर दुधलाई दुई पाकेट बनाएर विक्रि गर्ने गरिएको छ । किनकी मुल्यबृद्धिका कारण जनताले एक केजी पाउडर दुध एकैपटक किन्न सक्दैनन् ।

श्रीलंकामा पर्यटन उद्योगको कुल गार्हस्थ उत्पादनमा १० प्रतिशत योगदान रहेको छ । तर कोरोनाका कारण पर्यटन उद्योग धारासायी भएपछि करिव २ लाखले पत्यक्ष रोजगारी गुमाएको त्यहाँ स्थित वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलले जानकारी दिएको छ ।

त्यहाँस्थिति राहदानी कार्यालयमा युवाहरुको लामो लाइन छ । युवाहरुमा ठूलो निरासा छाएको छ । प्रत्येक चार युवामा एक जनाले देश छोड्न चाहेको बताइरहेका छन् । बृद्ध नागरिकहरुलाई भने सन् १९७० को झल्को आइरहेको छ । सो समयमा त्यहाको सरकारले आयातमा नियन्त्रण गरेको थियो भने उत्पादन कम हुदा मानिसहरु खाना, दुघ र पाउरोटीको लागि लामो लाइनमा बस्नु परेको थियो ।

केन्द्रिय बैंकका पुर्व गभर्नर ‘डव्लुए वीजेवर्देना’ ले साधारण मानिसहरुले खानका लागि गर्ने संघर्षका कारण वित्तिय संकटलाई थप वढावा दिने र उनीहरुको जीवन थप कष्टकर हुने चेतावनी समेत दिइसकेका छन् ।

“घट्दो मुद्रा सञ्चितिका कारण देशमा आयात हुन सक्दैन, जसले खाद्य सुरक्षाको ग्यारेन्टी गर्न सक्दैन, सो समयमा मानवीय संकट उत्पन्न हुनेछ ।” उनले दावी गरे ।

श्रीलंकासँग सवैभन्दा बढी चिनको ऋण छ । ५० करोड डलर अन्तराष्ट्रिय ऋणपत्र समेत जोडेर श्रीलंकासँग आन्तरिक र बाह्य गरी करिव ७.३ अर्ब डलर ऋण छ । गत नोभेम्वरमा श्रीलंकासँग जम्मा १.६ अर्ब डलर मात्र बैदेशिक मुद्रा सञ्चिति रहेको थियो ।

मन्त्री रमेश पाथीरानाका अनुसार उनीहरुले इरानसँग तेर र चियाको सट्ेवाजी गर्ने विषयमा कुराकानी गरिरहेको बताएका छन् । श्रीलंकाले प्रत्येक महिनामा ५० लाख डलर बरारको चिया पठाउने योजना बनाएको छ । तर त्यो अपर्याप्त छ ।

प्रतिपक्षी सभासद एवं अर्थविद् ‘हर्ष दि सिल्भा’ले संसदमा जनवरीमा बैदेशिक मुद्रा ४३ करोड ७० लाख डलरमा आइपुग्ने दावी गरेका छन् । त्यस्तै सन् २०२२ को फेव्रअरी देखि अक्टोवर सम्ममा ४.८ अर्ब डलर बराबरको बैदेशिक मुद्रा सञ्चिति घाटामा जाने पनि उनको दावी छ । यदी त्यसो हुदा देश पुरै बैंकक्रप्ट (लिएको कुनैपनि ऋण तिर्न नसक्ने अवस्था) मा जानेछ ।

केन्द्रिय बैंकका गभर्नर अजिथ निर्भाद काव्रलले भने देशको प्रतिरक्षा गरेको छन् । उनले संसदमा जवाफ दिदै श्रीलंकाले आफ्ना सवै ऋणहरु निर्वाध रुपमा तिर्न सक्ने दावी गरेका छन् ।
तर वीजेवर्देना भने देश भुक्तानीका लागि डिफल्ट हुने पर्याप्त जोखिमहरु रहेका कारण विनाशकारी आर्थिक परिणामहरु हुने दावी गर्छन् ।


गत मे महिनामा राजपाक्षेले अचानक किसानहरुलाई अर्गानिक खेती गर्नका लागि बाध्य बनाउने निर्णय गरेका थिए । जसका कारण घाटा हुने डरले धेरै किसानहरुले खेती नगर्ने निर्णय गरे र श्रीलंकामा खाद्य अभाव थपियो । तर अक्टोवरमा नाटकीय रुपमा राजपाक्षेले सो निर्णय उल्टाए । तर किसानहरुलाई भने कुनैपनि प्रकारको सहुलियत दिइएन । किसानहरु महंगोमा मल किन्न बाध्य भए र उत्पादन महंगो भयो ।

सरकारले अनुदान नदिएका कारण धेरैजसो कृषकहरु उत्पादनका लागि लगानी गर्न अनिच्छुक देखिएको छन् , किनकी उनीहरु फाइदामा नै जान्छन् भन्ने कुनै ग्यारेन्टी छैन । हाल सरकारले आफ्ना छिमेकी देशहरुबाट उधारोमा औषधी, इन्धनको आयात गरिरहेको छ ।तर यो छोटो अवधिको लागि राहत मात्र हो । यसले श्रीलंकालाई ऋणको भार मात्र थप्दैन उच्च व्याजदरमा छिटो फिर्ता गर्नुपर्नै रकमको जोहो गर्न पनि बाध्यकारी बनाउनेछ ।

‘सरकारले हामीलाई सहयोगको वाचा गरेको छ । तर अहिलेसम्म केही गरेको छ । हामी आफेले व्यवस्थापन गरिरहेका छौ, थाहा छैन कति लामो समयसम्म यसैगरी जान सकिन्छ हेरौ ।’ स्थानीयले भने ।

 

 

 

वि.सं.२०७८ पुस २५ आइतवार १८:४६ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...