back
NMB ad

नविल बैंकको सहकार्यमा पहिलो पटक ‘कृषि कर्जा लगानी’सम्मेलन हुदै

Kumari bank ad

काठमाडौ । नबिल बैंकले पहिलो पटक ‘कृषि कर्जा लगानी’ सम्बन्धी राष्ट्रिय संवादमा सहकार्य गर्ने भएको छ । सहकार्य गर्नेसम्बन्धी सोमबार आरएन्डडी इनोभेटिभ सोलुसन्स प्रा.लिसँग सम्झौता गरेको छ ।

नेपाल कृषि मेसिनरी व्यवसायीसंघद्धारा आगामी माघ ५देखि ८ गतेसम्म चितवनमा हुन गइरहेको ‘कृषि यान्त्रीकरण प्रदर्शनी’ मै एकैसाथ कृषि कर्जा मेला तथा कृषि लगानी सम्बन्धी राष्ट्रिय संवादको पनि आयोजना हुनेछ ।

‘कृषि यान्त्रीकरण प्रदर्शनी’, कृषि कर्जा मेला तथा कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद भने इनोभेटिम सोलुसन्सले गर्दैछ । सो कार्यक्रमका लागि भने नविलले सहकार्य गर्ने गरी सम्झौता गरिएको हो ।

सो कार्यक्रममा कृषिसम्बन्धी सम्पुर्ण सरोकारवालाहरुसँग राष्ट्रिय संवाद गरिने छ । नबिल बैंकद्वारा प्रस्तुत हुन गइरहेको उक्त मेलाको प्रमुख आकर्षण ‘कृषि लगानीसम्बन्धि राष्ट्रिय संवाद’ कार्यक्रममा कृषि लगानीसम्बन्धी समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरू बीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ ।

उक्त सहकार्यका लागि नबिल बैंक लिमिटेको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरज कुमार बस्नेत (डनिल) र आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालिका तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

वि.सं.२०७८ पुस २६ सोमवार १८:०३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...