back
NMB ad

यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट

Kumari bank ad

काठमाडौं । पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राका लागि सम्झौता गरेका छन् ।

सम्झौताअनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छुट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर बुधबारबाटै लागू भएको छ ।

काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्टसम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्यसम्म पुग्न सहजताका लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा ‘सहज यात्रा’ अफर ल्याएका हुन् ।

हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उद्देश्यले यति एयरलाइन्स सँग सम्झौता गरिएको पठाओको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । भविष्यमा यती एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।

वि.सं.२०७८ पुस २८ बुधवार १२:१४ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...