back
NMB ad

‘खल्ती’ प्रयोगकर्ताले वर्ल्डलिङ्कको १०० जीबी फ्री वाइफाइ पाउने

Kumari bank ad

काठमाडौँ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर सार्वजनीक गरेको छ । यो योजना अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४,०००ं हटस्पटहरुमा १०० जीबी फ्रि वाईफाई ३० दिनको प्रयोग गर्न सकिने भएको हो ।

१०० जीबी फ्री वाईफाई एक्टिभेट गर्न अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ। रजिस्टर गरे पश्चात ‘खल्ती” एपको ‘पपुलर सर्विसेस’ मा रहेको “खल्ती मा १०० जीबी” आइकनमा गई “गेट १०० जीबी फ्रि वाईफाई” मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाईफाई प्रयोग गर्न सकिनेछ।

प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्री वाइफाइमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्नेछ। यो अफर पौष २७ देखि माघ २६, २०७८ सम्म लागु हुनेछ। यस सुविधा मार्फत नेपालमा उपलब्ध भएको १४,००० भन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुने कम्पनीले जनाएकोछ ।

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६०,०००ं सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ति’ले योगदान दिँदै आएको छ।

वि.सं.२०७८ पुस २८ बुधवार १३:५० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...