back
NMB ad

दुई कम्पनीको लाभांश परिमार्जन, अब कुनको बोनस सेयर कति ?

Kumari bank ad

काठमाडौ । दुई कम्पनीहरुले लाभांश परिमार्जन गरेका छन् । प्रोग्रेसिभ फाइनान्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश पारिर्जन गरेका हुन् ।

प्रोग्रेशिभ फाइनान्स कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश परिर्माजन गर्ने निर्णय गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत अन्तिम लेखापरीक्षण प्रतिवेदनमा कर सम्बन्धी व्यवस्थामा फेरबदल हुने भएकाले स्वीकृत वित्तीय विवरणमा समेत सारभुत असर पर्ने देखिएकाले वित्तीय विवरण पारिमार्जित गरी पुनः पारित गर्ने भएकाले लाभांश दर परिमार्जन भएको हो ।

कम्पनीले ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांश परिमार्जन गरी ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

यस्तै, प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश परिर्माजन भएको छ । कम्पनीको पुस २८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो ।

बीमा समितीले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा पूर्णरूपमा (कर प्रयोजन बाहेक) लगाएपछि कम्पनीको लाभांश परिवर्तन भएको हो ।

कम्पनीले यसअघि नै गत आवको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । तर, अब कम्पनीले बिमा समितीको निर्देशन पछि गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले आउँदो माघ २१ गते भर्चुअल माध्यमबाट वार्षिक साधाराण सभा आयोजना गरेको छ ।

वि.सं.२०७८ पुस ३० शुक्रवार १५:४६ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...