back
NMB ad

झनै बढ्यो ‘निसान लिफ’को लोकप्रियता, यस्तो छ सर्वाधिक रोजाईमा पर्नुका कारण ! (फिचर र मूल्य सहित)

Kumari bank ad

काठमाडौं । निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो । यो निसानको विद्युतीय गाडीहरुमा सबै भन्दा उन्नत कार हो ।

निसान लिफ आम सर्वसाधारणहरुको सहज पहुँचमा पुग्ने पहिलो विद्युतीय सवारी बन्न पुगेको छ । निसान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालि रहेको छ ।

उन्नत फिचरहरु र उत्कृष्ट लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीको रुपमा परिचित छ । यो गाडी विद्युतीय गाडी मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगेको कम्पनीले दावी गरेको छ ।

निशान लिफ अधिक हर्शपावर र टर्क सहित आउने उन्नत टेक्नोलोजी र फिचरहरु छन । यस गाडीमा अत्याधुनिक ईपेडल टेक्नोलोजी पनि समावेश गरिएको छ । यसले स्टार्ट गर्न, गति बढाउन र सजिलैसँग रोक्न सघाउँछ । यसमा ब्रेकले स्वचालित रुपमा काम गर्ने हुनाले ड्राइभ गर्न सजिलो मानिन्छ ।

निसान लिफको ‘निसान इन्टेलिजेन्स मोबिलिटी’ अन्तर्गत स्मार्ट, आरामदायी, वातावरण मैत्री र सुरक्षित अनुभवको लाभ लिन सकिने कम्पनीले जनाएको छ ।

यसको मूल्य नेपाली बजारमा ५९ लाख ९९ हजार रुपैयाँ पर्दछ । यसको अधिकतम गुड्ने क्षमता प्रतिघण्टा १४० किलोमिटर छ । ग्राहकहरुले यसलाई सजिलैसँग चार्ज गर्न सक्नेछन् । घरमा नै डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घण्टामा र निसानको चार्जिङ्ग स्टेसनबाट ४० देखि ६० मिनेटमा फूल चार्ज गर्न सकिन्छ ।

निसान लिफलाई एक पटकको फुल चार्जमा ३६३ किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ । तर, सडकको अवस्था, वातावरण जस्ता विषयले यसको रेञ्ज करिब ३०० किलोमिटर रहेको छ ।

कारमा व्याट्री बचतको लागि विभिन्न तीन ड्राइभिङ मोड उपलब्ध रहेको छ । ईको मोडमा कार चलाउदा सामान्यभन्दा १० प्रतिशत बढी रेञ्ज आउने कम्पनीले दाबी गरेको छ ।

यसमा दिइएको व्याट्रीलाई घरायसी विद्युतवाट ३ किलोवाट क्षमताको एसी चार्जरले चार्ज गर्दा करिब १६ घन्टा लाग्ने छ भने, ६ किलोवाट चार्जर प्रयोग गर्दा ८ घन्टामा फुलचार्ज गर्न सकिने छ ।

वि.सं.२०७८ माघ २ आइतवार १७:०४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...