back
NMB ad

नेपाल लाइफको अभिकर्ता मारा नीतिः ५ महिनाको संघर्ष पछि सहमति जुट्दै

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरतका अभिकर्ता र व्यावस्थापकहरुबीचको मनमुटाव औपचारीक रुपमा सहमति हुने भएको छ । केही दिन अघिमात्रै सिनियर डेपुटी सिईओको रुपमा प्रविणरमण पराजुली आएपछि उनकै विशेष सक्रियतामा लगातार र्दुइ दिनको वार्ता पश्चात आज औपचारीक सहमति गर्ने निर्णय गरेको हो ।

बीमा अभिकर्ताहरुको समस्यालाई समाधान गर्न रचनात्मक र सकारात्मक उद्देश्यका साथ वार्ता जारी रहेको बताउँदै नव नियुक्त डेपुटि सिईओ पराजुलीले आज औपचारीक सम्झौता भई अगाडी बढ्ने बताए । साथै वार्ता जारी रहेको बताउँदै पारिवारिक समस्याहरु सुल्छाउनु पर्ने र सुल्झीने बताए । उनले भने “यो परिवार भित्रको कुरा हो, छिट्टै मिल्छ र मिलाउनुपर्छ ।”

बीमा पोलिसि बिक्रि संख्या तथा बीमा शुल्क संकलनको तथ्यांक प्रस्तुत गर्दै नब्वर वानको दाबी गर्ने नेपाललाईफले मुहान(बिमित)सम्म पुग्ने पुल(अभिकर्ता) माथि नै शोषण गर्ने योजना रचेको थियो ।

कम्पनीले गत साउन २४ गते बीमा अभिकर्ताको एजेन्सी स्ल्याव परिवर्तन गरेको हो । त्यसपछि गणेश अधिकारीको नेतृत्वमा बीमा अभिकर्ता केन्द्रीय संघर्ष समिति बनाएर नेपाल लाइफमा सुधारको माग सहित आन्दोलन हुँदै आएको थियो । अभिकर्ताले गत पुस १७ गतेदेखि बीमा पोलिसी काट्न बन्द समेत गरेका थिए ।

आन्दोलनकैबीच आएका डपुटि सिईओले आउनसाथ आन्दोलनलाई वार्तामा परिणत गरे ।

अभिकर्ता केन्द्रीय संघर्ष समितिले उठाएका मागहरु बीमितको बोनस दर, अभिकर्ता कर्जा, बीमितको नविकरण ब्याज छुट, जिरो कोडको अभिकर्ता, नयाँ प्रोडक्ट बजार अनुकुल ल्याउने, समर्पण, ऋण, मृत्यु दाबी भुक्तानी, भविष्यनिधि लगायतको सम्बन्धमा अभिकर्ताले उठाएका मागहरु सम्बोधन गर्न कार्यदल गठन गर्ने निर्णय भएको छ ।

व्यवस्थापनले यसअघि बृद्धि गरेको एजेन्सीको स्ल्याब संशोधन गर्न दुवै पक्ष सहमत देखिएपनि बाँकी मागहरु सम्बोधन गर्न दुवै पक्षको तर्फबाट गठन हुन लागेको संयुक्त कार्यदल गठनले छलफल गरी सिफारिस गर्ने छ ।

अभिकर्ताको चर्काै आन्दोलन र नव नियुक्त डेपुटि सिईओ पराजुलीको सक्रियताले आज औपचारीक सहमति हुने छ । नव नियुक्त डेपुटि सिईओ पराजुली रिलायन्स लाईपल इन्स्योरेन्समा सिईओकै जिम्मेवारी पुरा गरेर आएका हुन् ।

यता, नेपाल लाईफको सिईओ पद पनि खालि नै छ, तर बीमा समितिको ऐन अनुसार कुनै एक कम्पनीको सिईओबाट बाहिरीपछि निश्चित समयको लागि अर्काे बीमा कम्पनीको सिईओ पद ग्रहण गर्न नपाउने हुँदा उनी एक पद घटेर नेपाल लाईफ गएका हुन् ।

वि.सं.२०७८ माघ ४ मंगलवार १६:३८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...