back
NMB ad

६९.४३ प्रतिशतले घट्यो पोखरा फाइनान्सको नाफा, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । पोखरा फाइनान्सले चालु आर्थिक वर्ष २०७८/७९ दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार चालु आवको पुस मसान्तसम्ममा कम्पनीले २ करोड ९६ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६९.४३ प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तसम्म कम्पनीले ९ करोड ६८ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५ करोड ९१ लाख ८३ हजार रुपैयाँ रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी गत वर्षको सोही अवधिको तुलनामा भने १८.९० प्रतिशतले घटेको हो । गत वर्षको पुस मसान्तसम्ममा भने कम्पनीको यस्तो आम्दानी १९ करोड ६२ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको खुद संचालन मुनाफा ९ करोड १९ लाख ७३ हजार रुपैयाँ रहेको छ । कम्पनीको वितरण योग्य मुनाफा ४ करोड १९ लाख २८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ४ करोड ९ लाख १९ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने २९ करोड २७ लाख ६७ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा वृद्धि भएको देखिएको छ । गत वर्षको पुस मसान्तमा १.३२ प्रतिशत रहेको खराज कर्जा यस वर्षको सोही अवधिमा बढेर १.५३ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ १५ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ ९ आइतवार १२:४८ मा प्रकाशित

You can share this post!

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...